सुप्रसिद्ध गीतकार हरिहर खनिया सम्मानित

सुप्रसिद्ध गीतकार हरिहर खनिया सम्मानित

पोखरा । इन्द्र-हुमा वाङ्मय स्मृति सम्मान २०८१ मार्फत सुप्रसिद्ध गीतकार हरिहर खनिया सम्मानित हुनुभएको छ । दशक अगाडीदेखि सुगम गितसंगीतको क्षेत्रमा कार्यरत गीतकार खनियाका दर्जनौ गितहरु बहुचर्चित रहेका छन् । जसमा “मैले बा आमा त्यागेर रोजेको मायाले…”, “सबको पिरतीमा दरबार हुन्छ…”, “आँधी आउला हुरी आउँला…”, “आकाश खसे झैँ…”, “बेहाल छ साथी…”, “म हराएको छैन…”, “मेरो मृत्युमा…” लगायतका गीतहरु पर्दछन । वैदिक सनातन संस्कार सस्कृतिका धनी कलाप्रेमी इन्द्रबहादुर जिसी र जहान हुमाकुमारी जिसीको योगदानलाई जीवन्त राख्न छोरी सीताकुमारी जिसीको मनोकामनामा स्थापित नगद राशिसहितको इन्द्र-हुमा वाङ्मय स्मृति सम्मान २०८१ नाटयसम्राट बालकृष्ण समको १२३ औँ जन्मजयन्तीको अवसरमा बालकृष्ण सम विमर्श एवम् इन्द्र-हुमा वाङ्मय पुरस्कार अर्पण कार्यक्रमको आयोजना जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालले गरेको हो।


केहि तस्बिरहरु…

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version
Click it!