फिल्म ‘बार्बी’ को छायांकनले बेलायती अर्थतन्त्रमा ९५ मिलियन पाउण्ड राजस्व योगदान
![फिल्म ‘बार्बी’ को छायांकनले बेलायती अर्थतन्त्रमा ९५ मिलियन पाउण्ड राजस्व योगदान फिल्म ‘बार्बी’ को छायांकनले बेलायती अर्थतन्त्रमा ९५ मिलियन पाउण्ड राजस्व योगदान](https://celebritynepal.com/wp-content/uploads/2023/11/barbie-movie.jpg)
एजेन्सी । यसवर्षको ब्लकबस्टर फिल्म ‘बार्बी’ले छायांकनको क्रममा बेलायती अर्थतन्त्रमा ८० मिलियन पाउण्डको योगदान गरेको वितरण कम्पनी वार्नर व्रदर्सले जनाएको छ ।
स्टुडियोका अनुसार यो फिल्मले ६८५ जनालाई रोजगारी दिएको छ, ६००० भन्दा अतिरिक्त रोजगारी सिर्जना गरेको छ, ७५४ स्थानीय ब्यापारीलाई प्रत्यक्ष फाइदा पुगेको छ र स्थानीय ज्यालामा ४० मिलियन पाउण्ड भुक्तानी गरेको छ ।
ग्रेटा गेर्विगद्वारा निर्देशित फिल्म आंशिक रूपमा हर्टफोर्डशायरको लिभ्सडेनस्थित वार्नर ब्रदर्स स्टुडियोमा शूट गरिएको थियो । यो फिल्मले बेलायतको अर्थतन्त्रमा ९५ मिलियन पाउण्ड राजस्व योगदान दिएको बीबीसीले उल्लेख गरेको छ ।
बार्बील्याण्डजस्तो देखिने क्यालिफोर्नियाको स्वरुपको सेट डिजाइन गरिएको थियो । वार्नर ब्रदर्स डिस्कवरी स्टुडियोमा आंशिक रूपमा छायांकन गरिएका अन्य फिल्ममा फ्यान्टास्टिक बिस्ट फिल्म, ब्याटम्यान, एक्वाम्यान र हाउस अफ द ड्रयागन समावेश छन् ।
स्टुडियोमा ह्यारी पोटर फ्रान्चाइजीको घर पनि छ, जसलाई त्यहाँ १० वर्षभन्दा बढी समयसम्म खिचिएको थियो । बेलायतमा मात्र वार्नर ब्रोस डिस्कभरिका ४ हजार स्थायी कर्मचारी छन् । यो संख्या अमेरिकाबाहिर सर्वाधिक रहेको उल्लेख छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८१ माघ २४, बिहीबार २०:४७सुप्रसिद्ध गीतकार हरिहर खनिया सम्मानित समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न