धादिङबेशी । नीलकण्ठ नगरपालिका वडा ३ का श्रीकृष्ण अधिकारीले पछिल्लो समयमा वैकल्पिक खेतीको रुपमा किवी खेतीलाई विस्तार गर्नुभएको छ । धादिङबेशीमा कपडा पसलको ब्यवसाय छोडेर उहाँले नीलकण्ठ नगरपालिका वडा नम्बर १ काउलेमा १५ रोपनी क्षेत्रफलमा किवि खेती लगाउनु भएको छ ।
धादिङको माटोमा किवि खेती सम्भव छ भनेर लाग्ने श्रीकृष्ण अधिकारी किवी खेतीको पहिलो किसान हुन । नगदेबालीको तुलनामा किवी खेतीबाट कम लगानीमा राम्रो आम्दानी लिन सकिने उहाँको भनाई छ । उहाँले सुरुमा ३०० को हाराहारीमा किविको बिरुवा लगाई सुरु गरेको किवि खेती बाट हाल बार्षिक ४/५ लाखको आम्दानी गरिरहनु भएको छ । समुन्द्री सतह देखि ८०० देखि ३००० मिटर सम्मको उचाईमा किवी खेतीको लागी योग्य भएकोले धादिङका धेरै भु–भागमा बहुमुल्य किवि खेतीको राम्रो सभ्भावना रहेको उहाँको तर्क छ ।
हाल प्रतिकेजी ३५० का दरले आफ्नै घर सिरानबजार बाट बिक्री बितरण गरिरहनु भएका उहाँले किविको रेगुलर सेवनले निरोगी बन्न मद्धत गर्नुको साथै किविलाई बढि पौष्टिक आहारको रुपमा समेत लिन सकिने बताउनु भयो । हाल गरिरहेको अन्न खेतीको तुलनामा किवि खेतीबाट ३ गुणा भन्दा बढि फाईदा हुने अधिकारीको भनाई छ । आगामी दिनमा किवि खेतीलाई बिस्तार गरेर लैजाने उहाँको सोच छ ।
रित्तिएको बस्तीमा हराभरा बनाउने सपनाका साथ वैकल्पिक सम्भावनाको खोजी गर्ने क्रममा किवी खेतीले मन तान्यो । उहाँले किवी खेती विस्तारै गर्न थाले । अहिले नीलकण्ठ १ काउलेमा किवीको बोट झाङ्गिन थालेको छ । उहाँकै सिको टिपेर अन्यले समेत बैकल्पिक खेतीको रुपमा किविलाई रोज्न थालेका देखिन्छन् । उहाँको खेतीबाट प्रभावित भएर हाल जिल्लाको रुवीभ्याली, नेत्रावती डवजोङ, गजुरी, बेनिघाट रोराङका र नीलकण्ठ कै ज्यामरुङमा समेत किसानहरुले किवि खेतीको सुरुवात गरेका छन् ।
आम्दानीको राम्रो स्रोत बन्ने अधिक सम्भावना बोकेको किवी फलका लागि तिनै तहको सरकार मिलेर धादिङलाई किवि पकेट क्षेत्र बनाउनुपर्ने उहाँका धारणा छ । दिनानुदिन बैदेशिक क्षेत्रमा युवाहरु पलायन भैरहेको बेला यस खेतीको प्रवध्रन गर्न सके बाझो जमिन सदुपयोगका साथै देशमा नै रोजगारी सिर्जना हुने देखिन्छ । किवीलाई प्रशोधन गरेर जुस, वाइनलगायत पेय बनाएर उपभोग गर्न सकिने र यसबाट किसानले आम्दानी गर्नसक्ने अवस्था रहेको उहाँले बताए ।
देशमा फलफुलमा किवि खेतीले आत्मर्निर बनाउनुका साथै बढि उत्पादन भएको खण्डमा खाडी मुलुक समेत निर्यात गर्न सकिने उहाँले बताउनुभयो । हाल उहाँले सदरमुकाम धादिङबेशी सहित काठमाण्डौ, चितवन लगाएतको बजारमा किवी बिक्री गर्दै आएको बताउनुभयो ।
फलफूलको राजा उपनामले परिचित फल किवीले बजार विस्तार हँुदै गएको छ । किसानले लगाएको खेतीबाट किवी उत्पादन हुन थालेसँगै धादिङबेशी बजारमा किवीको माग निरन्तर बढ्दै गएको छ । किसान मैत्री शीतभण्डारको व्यवस्था भएमा किवीलाई लामो समयसम्म राखेर उपभोग गर्न सकिने उहाँको भनाइ छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८१ पुष २, मंगलवार ०९:२३एक यात्रा संस्मरण, सविना श्रेष्ठ, रजिष्टर्ड नर्स समाचार२०८१ मंसिर १७, सोमबार १६:१६बाग्लुङ समाज पोखराद्वारा ४८ युनिट रगत संकलन कला, विचार/मनोरञ्जन२०८१ मंसिर १२, बुधबार १९:१९चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसंँग जोड्न आग्रह समाचार२०८१ मंसिर २, आईतवार ०६:२६लायन्स क्लब अफ पोखरा कोरिया रिटर्नीद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न