धादिङ जिल्लामा वैकल्पिक खेतीको रुपमा विस्तार हुँदै किवी खेती

धादिङ जिल्लामा वैकल्पिक खेतीको रुपमा विस्तार हुँदै किवी खेती

धादिङबेशी । नीलकण्ठ नगरपालिका वडा ३ का श्रीकृष्ण अधिकारीले पछिल्लो समयमा वैकल्पिक खेतीको रुपमा किवी खेतीलाई विस्तार गर्नुभएको छ । धादिङबेशीमा कपडा पसलको ब्यवसाय छोडेर उहाँले नीलकण्ठ नगरपालिका वडा नम्बर १ काउलेमा १५ रोपनी क्षेत्रफलमा किवि खेती लगाउनु भएको छ ।

धादिङको माटोमा किवि खेती सम्भव छ भनेर लाग्ने श्रीकृष्ण अधिकारी किवी खेतीको पहिलो किसान हुन । नगदेबालीको तुलनामा किवी खेतीबाट कम लगानीमा राम्रो आम्दानी लिन सकिने उहाँको भनाई छ । उहाँले सुरुमा ३०० को हाराहारीमा किविको बिरुवा लगाई सुरु गरेको किवि खेती बाट हाल बार्षिक ४/५ लाखको आम्दानी गरिरहनु भएको छ । समुन्द्री सतह देखि ८०० देखि ३००० मिटर सम्मको उचाईमा किवी खेतीको लागी योग्य भएकोले धादिङका धेरै भु–भागमा बहुमुल्य किवि खेतीको राम्रो सभ्भावना रहेको उहाँको तर्क छ ।

हाल प्रतिकेजी ३५० का दरले आफ्नै घर सिरानबजार बाट बिक्री बितरण गरिरहनु भएका उहाँले किविको रेगुलर सेवनले निरोगी बन्न मद्धत गर्नुको साथै किविलाई बढि पौष्टिक आहारको रुपमा समेत लिन सकिने बताउनु भयो । हाल गरिरहेको अन्न खेतीको तुलनामा किवि खेतीबाट ३ गुणा भन्दा बढि फाईदा हुने अधिकारीको भनाई छ । आगामी दिनमा किवि खेतीलाई बिस्तार गरेर लैजाने उहाँको सोच छ ।धादिङ जिल्लामा वैकल्पिक खेतीको रुपमा विस्तार हुँदै किवी खेती

रित्तिएको बस्तीमा हराभरा बनाउने सपनाका साथ वैकल्पिक सम्भावनाको खोजी गर्ने क्रममा किवी खेतीले मन तान्यो । उहाँले किवी खेती विस्तारै गर्न थाले । अहिले नीलकण्ठ १ काउलेमा किवीको बोट झाङ्गिन थालेको छ । उहाँकै सिको टिपेर अन्यले समेत बैकल्पिक खेतीको रुपमा किविलाई रोज्न थालेका देखिन्छन् । उहाँको खेतीबाट प्रभावित भएर हाल जिल्लाको रुवीभ्याली, नेत्रावती डवजोङ, गजुरी, बेनिघाट रोराङका र नीलकण्ठ कै ज्यामरुङमा समेत किसानहरुले किवि खेतीको सुरुवात गरेका छन् ।

यो पनि पढ्नुहोस् :  किशाेरीहरूको लागि आत्मरक्षा तालिम सम्पन्न

आम्दानीको राम्रो स्रोत बन्ने अधिक सम्भावना बोकेको किवी फलका लागि तिनै तहको सरकार मिलेर धादिङलाई किवि पकेट क्षेत्र बनाउनुपर्ने उहाँका धारणा छ । दिनानुदिन बैदेशिक क्षेत्रमा युवाहरु पलायन भैरहेको बेला यस खेतीको प्रवध्रन गर्न सके बाझो जमिन सदुपयोगका साथै देशमा नै रोजगारी सिर्जना हुने देखिन्छ । किवीलाई प्रशोधन गरेर जुस, वाइनलगायत पेय बनाएर उपभोग गर्न सकिने र यसबाट किसानले आम्दानी गर्नसक्ने अवस्था रहेको उहाँले बताए ।

देशमा फलफुलमा किवि खेतीले आत्मर्निर बनाउनुका साथै बढि उत्पादन भएको खण्डमा खाडी मुलुक समेत निर्यात गर्न सकिने उहाँले बताउनुभयो । हाल उहाँले सदरमुकाम धादिङबेशी सहित काठमाण्डौ, चितवन लगाएतको बजारमा किवी बिक्री गर्दै आएको बताउनुभयो ।

फलफूलको राजा उपनामले परिचित फल किवीले बजार विस्तार हँुदै गएको छ । किसानले लगाएको खेतीबाट किवी उत्पादन हुन थालेसँगै धादिङबेशी बजारमा किवीको माग निरन्तर बढ्दै गएको छ । किसान मैत्री शीतभण्डारको व्यवस्था भएमा किवीलाई लामो समयसम्म राखेर उपभोग गर्न सकिने उहाँको भनाइ छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  घान्द्रुकमा फोहोरमैला सङ्कलन केन्द्र उद्घाटन; दिगो पर्यटनका लागि वातावरण संरक्षणमा जोड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   1   =