तेस्रो स्थानका लागि आज फ्रान्स र इंग्ल्याण्ड भिड्दै « रिपोर्टर्स नेपाल

काठमाडौं, साउन २ । फिफा विश्वकप–२०२६ को तेस्रो स्थानका लागि फ्रान्स र इंग्ल्याण्ड आज आमनेसामने हुँदैछन् । सेमिफाइनलमा पराजित भएपछि दुवै टोलीले अब प्रतियोगिताको अन्त्य जितसहित गर्दै तेस्रो स्थान हासिल गर्ने लक्ष्य राखेका छन् ।
सन् २०१८ को विश्वविजेता तथा २०२२ को उपविजेता फ्रान्स लगातार तेस्रो पटक विश्वकप फाइनल पुग्ने लक्ष्यमा थियो । तर सेमिफाइनलमा स्पेनसँग २-० गोलले पराजित भएपछि फ्रान्सको उपाधि यात्रा रोकिएको थियो ।
यता इंग्ल्याण्ड पनि अर्जेन्टिनाविरुद्धको सेमिफाइनलमा अन्तिम १० मिनेटसम्म अग्रता जोगाइरहेको अवस्थामा पुनरागमन गरेको अर्जेन्टिनासँग पराजित हुँदै फाइनल पुग्ने अवसरबाट वञ्चित भएको थियो ।
अब दुवै टोलीले आज मियामीमा तेस्रो स्थानको लागि हुने खेलमा प्रतिष्ठाका लागि प्रतिस्पर्धा गर्नेछन् । आइतबार हुने विश्वकपको फाइनलमा भने स्पेन र अर्जेन्टिना उपाधिका लागि भिड्नेछन् ।
फ्रान्स र इंग्ल्याण्डबीच पछिल्लोपटक विश्वकपमा सन् २०२२ को कतार विश्वकपको क्वाटरफाइनलमा भेट भएको थियो । उक्त खेलमा फ्रान्स २–१ ले विजयी भएको थियो । त्यस खेलमा इंग्ल्याण्डका कप्तान ह्यारी केनले एक पेनाल्टी गोल गरेका थिए भने अर्को पेनाल्टी खेर फालेका थिए ।
आजको खेल फ्रान्सका कप्तान किलियन एम्बाप्पेका लागि पनि विशेष रहेको छ । विश्वकप–२०२६ मा आठ गोल गरिसकेका एम्बाप्पे गोल्डेन बुटको दौडमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीसँग बराबरीमा छन् । साथै, विश्वकप इतिहासका सर्वाधिक गोलकर्ताको सूचीमा पनि उनी मेस्सीको निकै नजिक रहेका छन् ।
तेस्रो स्थानको खेलले उपाधि निर्धारण नगरे पनि दुवै टोलीका लागि विश्वकप यात्रा जितका साथ टुंग्याउने अवसरका रूपमा हेरिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ श्रावण २, शनिबार २०:३५तेस्रो स्थानका लागि आज फ्रान्स र इंग्ल्याण्ड भिड्दै « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ श्रावण २, शनिबार ०९:१४‘जदौ’ को जदौ हजुरमा नीति,प्रभात र राजश्रीको त्रिकोणात्मक सम्बन्ध
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १, शुक्रबार १७:४५“खुला पत्र” पोस्टपेड सिममा लाग्ने मासिक रेन्टल शुल्क हटाउने/ घटाउने सम्बन्धमा
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १, शुक्रबार १६:४१‘पेन्सन पट्टा’ को पहिलो गीत सार्वजनिक, दयाहाङ, बुद्धि र विल्सनसँगै गौमाया









