विश्वकप २०२६ फाइनलमा स्लाभ्को भिन्चिच मुख्य रेफ्रीमा

विश्वकप २०२६ फाइनलमा स्लाभ्को भिन्चिच मुख्य रेफ्रीमा

काठमाडौ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले विश्वकप २०२६ को फाइनल खेल सञ्चालनका लागि स्लोभेनियाका ४६ वर्षीय रेफ्री स्लाभ्को भिन्चिचलाई मुख्य रेफ्री नियुक्त गरेको छ।

अर्जेन्टिना र स्पेनबीच हुने उपाधि भिडन्त सोमबार अमेरिकाको न्युयोर्क–न्यु जर्सी स्टेडियममा हुनेछ। फिफाका रेफ्रिङ प्रमुख पियरलुइजी कोलिनाले भिन्चिचको नियुक्तिलाई उनको व्यावसायिक उत्कृष्टताको सम्मान भएको बताएका छन्।

उनले भिन्चिचको लामो अनुभव र निष्पक्ष निर्णय क्षमताले विश्वकप फाइनललाई उच्चस्तरीय बनाउने विश्वास व्यक्त गरेका छन्। फाइनलमा टोमाज क्लान्चनिक र आन्द्राज कोभाचिच सहायक रेफ्रीको भूमिकामा रहनेछन्। त्यस्तै, चौथो रेफ्रीमा अधाम मखादमेह तथा रिजर्भ सहायक रेफ्रीमा मोहम्मद अलकालाफ नियुक्त भएका छन्।

भिन्चिचले यसअघि २०२४ को यूईएफए च्याम्पियन्स लिग फाइनल, यूईएफए युरोपियन च्याम्पियनसिप, विश्वकप छनोटसहित विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा रेफ्रीको जिम्मेवारी सम्हालिसकेका छन्। कतारमा भएको २०२२ विश्वकपबाट विश्वकपमा डेब्यु गरेका उनले विश्वकप २०२६ मा चौथो खेल सञ्चालन गर्दै आफ्नो करियरकै सबैभन्दा प्रतिष्ठित जिम्मेवारी पाएका हुन्।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  दुई दशकअघि काखमा बोकेका बालकसँग विश्वकप फाइनलमा भिड्दै मेस्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   6   =