‘जदौ’ को जदौ हजुरमा नीति,प्रभात र राजश्रीको त्रिकोणात्मक सम्बन्ध

‘जदौ’ को जदौ हजुरमा नीति,प्रभात र राजश्रीको त्रिकोणात्मक सम्बन्ध

अन्जन शर्मा र काजी लिम्बुको संयुक्त निर्देशनमा बनेको फिल्म ९ असोजमा देशब्यापी प्रदर्शनमा आउने


काठमाडौं । चलचित्र ‘जदौ’ को शीर्ष गीत जदौ हजुर..शुक्रबार राजधानीमा प्रेसमिट गरि सार्वजनीक गरिएको छ । हाइटेक इन्टरटेन्मेन्ट युट्युवमार्फत दर्शकमाझ ल्याइएको डान्सिङ बिटको गीतमा राजनराज शिवाकोटी र रचना रिमालको स्वर छ । बाबुल गिरीको शब्द र संगीतमा रहेको गीतमा नीति शाह,प्रभातपाल ठकुरी,राजश्री थापालगायतका प्रमुख कलाकार फिचर छन् । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

अन्जन शर्मा र काजी लिम्बुको संयुक्त निर्देशनमा बनेको फिल्म ९ असोजमा देशब्यापी प्रदर्शनमा आउने छ । गीत सार्वजनीक कार्यक्रममा गायक राजनराज र गायिका रचनाले बदाम खजुर,दर्शन सलाम ढोग दियाँ जदौ हजुर…गाएर माहौल तताएका थिए । गीतकार,संगीतकार तथा गायकको रुपमा स्थापीत राजनराजले पहिलोपटक यो गीतमा स्वर मात्रै दिएको प्रसंग उल्लेख गरे भने गायिका रचनाले राजनराजसँग यो नै पहिलो पाश्र्व गायन भएको उल्लेख गरिन् ।
समीश्रण मुभीज एण्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्टसँगको सहकार्यमा निर्माण गरेको ‘जदौ’ मा मुकुन भुसाल,ऋचा शर्मा,नीति शाह, प्रतातपाल ठकुरी,राजश्री थापा,विनोद न्यौपाने,नरेश पौड्याल,गीता अधिकारी,खड्कबहादुर पुन,सुन्दर धिताल,सन्ध्या श्रेष्ठ,सुमित्रा देवकोटालगायतका कलाकारले अभिनय गरेका छन् ।

कार्यक्रममा अभिनेत्री नीतिले ‘जदौ’ अहिले आइरहेका भन्दा अलि भिन्न,यथार्थपरक कथामा निर्माण गरिएको बताउदै दर्शकलाई मन पर्ने आशा ब्यक्त गरिन् । अभिनेता मुकुनले दर्शकले ‘जदौ’ मा आफूलाई एक वास्तविक पात्रको रुपमा पाउने उल्लेख गरे भने अभिनेता प्रभातपालले यो फिल्म आफ्नो लागि निकै महत्वपूर्ण रहेको बताए । यही फिल्मबाट डेब्यु गरेकी अभिनेत्री राजश्रीले आफ्नो पहिलो प्रयास दर्शकलाई मन पर्ने बिश्वास ब्यक्त गरिन् ।

निर्देशक शर्माले आफूहरुले अब्बल फिल्म बनाउन कुनै कसर बाँकी नराखेको बताए भने लेखकसमेत रहेका अर्का निर्देशक काजीले फिल्मले भरपुर मनोरञ्जनका साथमा समाजोपयो सन्देशसमेत प्रवाह गर्ने धारणा ब्यक्त गरे । श्याम तामाङ र नवराज उप्रेतीले खिचेको फिल्मको सहनिर्मातामा राजाराम सुवेदी,सुमीत्रा देवकोटा,दीपक पोखरेल,नारायण शास्त्री र डिल्ली पोखरेल छन् । सृजना शर्मा र मनिष शर्मा निर्माता अनि शान्ति पुडासैनी कार्यकारी निर्माता रहेको फिल्मको प्रोडक्शन हेड बिमला भण्डारी छिन् । फिल्मलाई एनजिसिएन ग्रुपले देशब्यापी रुपमा बितरण गर्दैछ ।

यो पनि पढ्नुहोस् :  चलचित्र ‘हजारौँमा एक’ निर्माण घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   4   =