पृथ्वी राजमार्ग : मलेखु–मुग्लिङ सडकखण्ड आजपनि बन्द

धादिङ, १७ कात्तिक । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–९, मझिमटारमा दुई घण्टा सवारी आवागमन बन्द गरिएको छ । । आकाशे पुल निर्माणको कामका लागि बिहान ९ बजेदेखि ११ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक लगाईएको हो ।
धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमका अनुसार नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड), मुग्लिङको अनुरोधमा उक्त समय सडक बन्द गर्न गरिएको हो । उहाँका अनुसार सोमबार मझिमटारमा आकाशे पुल निर्माण कार्य सम्पन्न हुन नसकेकाले मंगलबार पुनः दुई घण्टा सवारी आवागमन बन्द गरिएको छ ।
यसअघि सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सोही स्थानमा आकाशे पुल निर्माण कामका लागि सवारी आवागमन बन्द गरिएको थियो । जिल्ला प्रशासन कार्यालय धादिङले सडक बन्द रहने अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न तथा सवारी चालक र सडक प्रयोगकर्तालाई प्रचलित ट्राफिक नियम एवं सडक अनुशासन पालना गर्न अनुरोध गरेको छ । सडक बन्द भएपछि स्कुल जाने बस समेत रोकिएका कारण बिद्यार्थीहरु मर्कामा परेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ कार्तिक १८, मंगलवार ११:१४पृथ्वी राजमार्ग : मलेखु–मुग्लिङ सडकखण्ड आजपनि बन्द
खेलकुद२०८३ कार्तिक १७, सोमबार २१:०५चितवनलाई हराउँदै सुदूरपश्चिम रोयल्सको दोस्रो जित
स्वास्थ्य/जानकारी टिप्स२०८३ कार्तिक १७, सोमबार २०:५९पुस १ देखि स्वास्थ्य बीमा सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य
खेलकुद२०८३ कार्तिक १७, सोमबार २०:५५दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र








