केन्द्रीय अस्पतालहरुका लागि तत्काल १६ हजार दरबन्दी आवश्यक
काठमाडौं, २ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले केन्द्रीय अस्पतालहरुका लागि तत्काल १६ हजार दरबन्दी आवश्यक रहेको बताएका छन् । आज (मंगलबार) राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
साथै, उनले देशको स्वास्थ्य क्षेत्रमा भयावह अवस्था आउन लागेको बताए । उनले मन्त्रालयले उक्त दरबन्दीका लागि गरेको अर्थमन्त्रालयमा गरेको प्रस्ताव स्वीकृत नभए पाँच सय शैयासम्मका केन्द्रीय अस्पतालहरु बन्द हुने जोखिम रहेको भन्दै समितिको ध्यानाकार्षण गराए ।
दरबन्दीका लागि अर्थमन्त्रालयसमक्ष पहल गरिदिन उनले समितिको ध्यानाकार्षण गराए । सचिव पोखरेलले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको विशेषज्ञसहित पाँच जना चिकित्सक स्थानीय तहमा पठाउने कुरा सम्भव नरहेको बताए । साथै, अस्पतालहरू बिहान ९ देखि बेलुका ८ बजेसम्म खोल्ने नीतिमा भनिएपनि कार्यान्वयन गर्नसक्ने अवस्था नरहेको उनले बताए ।
‘अर्को एउटा नीतिमा आएको हामीले नसक्ने काम पनि छ । प्रत्येक स्थानीय तहमा विशेषज्ञ पाँच जना डाक्टर पठाउनु भन्ने पनि नीतिमा आयो । जुन सम्भव छैन ।’ उनले भने, ‘बिहान ८ देखि बेलुका ८ बजेसम्म अस्पताल खोल्नु भन्ने पनि आयो । त्यो कसरी सम्भव होला ? ’
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास