अगस्त्य मा नाजिरको ५ फरक गेटअप
काठमाडौँ। फागुनको १८ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘अगस्त्यः च्याप्टर १’ को निर्माण पक्षले अभिनेता नाजिर हुसेनको लुक्स सार्वजनिक गर्दै नयाँ पोष्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोष्टरमा नाजिरको ५ फरक गेटअप प्रस्तुत गरिएको छ ।
नाजिरले चलचित्रमा आफूलाई ५ फरक गेटअपमा प्रस्तुत गरेको यसका लेखक तथा निर्देशक सौरभ चौधरीले जानकारी दिए । नाजिरको गेटअप हेर्दा पनि उनले चलचित्रका लागि निकै मिहिनेत गरेको देखिन्छ । निर्माणपक्षले दिएको जानकारी अनुसार, नाजिरले यो चलचित्रका लागि २० केजी तौल बढाएका थिए । सार्वजनिक पोष्टरमा नाजिरको चलचित्रमा सुरुवातदेखि अन्तिम सम्मको भूमिकालाई प्रस्तुत गरिएको निर्माणपक्षले जानकारी दिएको छ ।
डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको चलचित्रमा प्रकाश मल्ल, अनिष तामाङ र बिनोद पौडेलको लगानी छ । चलचित्रका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् । चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायतका कलाकारको अभिनय छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास