इरानले सिरियामा भएको हवाई हमलाको इजरायललाई जवाफ दिने चेतावनी दिएको छ । इरानका राष्ट्रपति इब्राहिम राइसीले सिरियाको राजधानी दमासकसमा इरानी अर्धसैनिक उच्च अधिकारी रहेको घरलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमण अनुत्तरित नहुने चेतावनी दिनुभएको हो ।
आक्रमणमा पाँच इरानी सुरक्षा फौजका उच्च अधिकारीको मृत्यु भएको बताइएको छ । इरानले आक्रमणको आरोप इजरायल माथि लगाए पनि इजरायलले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।
वर्षौंदेखि इजरायलले सिरियामा इरानसँग सम्बन्धित लक्ष्यहरूमा हमला गर्दै आएको छ । हमासले अक्टोबर ७ मा इजरायलमा गरेको हमलापछि शुरु भएको इजरायल-गाजा युद्धपछि यस्ता आक्रमणहरू अझ तीव्र भएका हुन् ।
इरानी राष्ट्रपति राइसीको आधिकारिक वेबसाइटमा पोष्ट गरिएको विज्ञप्तिमा सिरियामा मारिएका सुरक्षा अधिकारीहरुका परिवार प्रति गहिरो समवेदना व्यक्त गरिएको छ ।
विज्ञप्तिमा इरानका पाँच प्रतिष्ठित सुरक्षा सल्लाहकारको कायरतापूर्वक हत्या गरिएको उल्लेख गर्दै उनीहरुको मृत्युको बदला लिने बाचा गरिएको छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ पुष १०, बुधबार १९:२०पशुपतिनाथ मन्दिर पोखरामा सिग्देल कला, विचार/मनोरञ्जन२०८१ पुष २, मंगलवार ०९:२३एक यात्रा संस्मरण, सविना श्रेष्ठ, रजिष्टर्ड नर्स समाचार२०८१ मंसिर १७, सोमबार १६:१६बाग्लुङ समाज पोखराद्वारा ४८ युनिट रगत संकलन कला, विचार/मनोरञ्जन२०८१ मंसिर १२, बुधबार १९:१९चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसंँग जोड्न आग्रह