इजरायली हवाइ हमलामा पाँच वरिष्ठ इरानी सुरक्षा सल्लाहकारको मृत्यु

इरानले सिरियामा भएको हवाई हमलाको इजरायललाई जवाफ दिने चेतावनी दिएको छ । इरानका राष्ट्रपति इब्राहिम राइसीले सिरियाको राजधानी दमासकसमा इरानी अर्धसैनिक उच्च अधिकारी रहेको घरलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमण अनुत्तरित नहुने चेतावनी दिनुभएको हो ।
आक्रमणमा पाँच इरानी सुरक्षा फौजका उच्च अधिकारीको मृत्यु भएको बताइएको छ । इरानले आक्रमणको आरोप इजरायल माथि लगाए पनि इजरायलले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।
वर्षौंदेखि इजरायलले सिरियामा इरानसँग सम्बन्धित लक्ष्यहरूमा हमला गर्दै आएको छ । हमासले अक्टोबर ७ मा इजरायलमा गरेको हमलापछि शुरु भएको इजरायल-गाजा युद्धपछि यस्ता आक्रमणहरू अझ तीव्र भएका हुन् ।
इरानी राष्ट्रपति राइसीको आधिकारिक वेबसाइटमा पोष्ट गरिएको विज्ञप्तिमा सिरियामा मारिएका सुरक्षा अधिकारीहरुका परिवार प्रति गहिरो समवेदना व्यक्त गरिएको छ ।
विज्ञप्तिमा इरानका पाँच प्रतिष्ठित सुरक्षा सल्लाहकारको कायरतापूर्वक हत्या गरिएको उल्लेख गर्दै उनीहरुको मृत्युको बदला लिने बाचा गरिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १५, मंगलवार १३:५५व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश
खेलकुद२०८३ बैशाख १५, मंगलवार ०७:२९दिल्लीलाई आरसीबीले ९ विकेटले हरायो, आज पञ्जाव र राजस्थान भिड्दै
समाचार२०८३ बैशाख १५, मंगलवार ०६:५६मनकामना-गोरखा दरबारसम्मको म्याराथन दौड सम्पन्न, प्रतियोगिताको उपाधि सनम गुरुङले जिते
समाचार२०८३ बैशाख १४, सोमबार २०:१५पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने







