अभिनेता राजबल्लभ कोइराला ‘एक्टर’बाट कमब्याक गर्दै

अमेरिकामा बस्दै आइरहेका अभिनेता राजबल्लभ कोइरालाले ९ वर्षपछि फिल्म ‘कामिनो’बाटकमब्याक गर्ने निश्चित भएको थियो । तर पछि कारणबस फिल्मको निर्माण नभए भएपछि उनी सहमतिमै बाहिरिएका थिए । अब भने अर्को फिल्म ‘एक्टर’बाट उनले कमब्याक गर्ने भएका छन् । फिल्मको एक पोस्टर आफू चित्रित फेसबुकमा सेअर गर्दै उनले कमब्याक पुष्टि गरेका हुन् ।
आरजे हुँदै फिल्म ‘पर्खि बसें’बाट अभिनेताको रुपमा डेब्यु गरेका राजबल्लभको एक समय लभस्टोरी फिल्ममा राम्रो जगजगी थियो । ‘हाइवे टु धम्पुस’बाट उनको हलिउडमा समेत डेब्यु भएको थियो । यही फिल्मको छायांकनका लागि २०७१ सालमा अमेरिका गएपछि उनले अभिनयलाई निरन्तरता दिन सकेका थिएनन् ।
‘एक्टर’मा राजबल्लभसँगै प्रदीप खड्का र आना शर्मा पनि मुख्य भूमिकामा देखिनेछन् । केही दिनमा अर्की एक अभिनेत्रीको पनि फिल्ममा प्रवेशको सम्भावना छ । राजन भुसालको निर्देशनमा बन्न लागेको फिल्मका निर्माता थमन कुमार भण्डारी हुन् भने सह-निर्मातामा एनिस भुसाल र सार्थक केसी छन् । सन् २०२५ मा रिलिज लक्ष्य राखिएको फिल्ममा नरेन्द्र मैनालीको छायांकन रहनेछ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १८, शनिबार ०७:४०मुस्ताङको दिगो पर्यटन र वातावरण संरक्षणमा ‘एक्याप’: पूर्वाधार निर्माणदेखि वन्यजन्तुमैत्री खेतीसम्मका योजना
समाचार२०८२ माघ १७, शुक्रबार १४:०१मुस्ताङमा एक्यापको अर्धवार्षिक प्रगति समीक्षा: हिउँ चितुवा व्यवस्थापन र पर्यटक वृद्धिलाई प्राथमिकता
समाचार२०८२ माघ १५, बुधबार १०:१८ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा
समाचार२०८२ माघ १४, मंगलवार १९:४१टोकनचौरमा कृषि क्रान्ति: अनुसन्धान केन्द्रको प्रविधिले फेरिँदै मगर बस्तीको मुहार








