आज केहि प्रदेशमा हिमपातको सम्भावना

नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान आइतबार देशको पहाडी भू-भागमा आंशिक देखि साधारण बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि महाशाखाका अनुसार मौसम मुख्यतया सफा रहनेछ।
त्यस्तै आज कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। भने तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाको भनाई छ ।
भोलि सोमबार पनि देशभर आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। चिसोबाटसमेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
लेखकको बारेमा

लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ असार २४, मंगलवार १६:५८सानिमा जिआईसी इन्स्योरेन्सद्वारा विद्यालयलाई शैक्षिक सामग्री तथा फर्निचर हस्तान्तरण
समाचार२०८२ असार ८, आईतवार २१:४२रहेनन् शिक्षासेवी टुवराज बास्तोला
कला, विचार/मनोरञ्जन२०८२ असार ४, बुधबार ०८:४०फिल्म‘यो मन त मेरो नेपाली हो अमेरिकी विशेष प्रदर्शनी
समाचार२०८२ असार ४, बुधबार ०८:२९देशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना गण्डकी र लुम्बिनीसहित