फिल्म ‘बोक्सीको घर’को प्रदर्शन मिति घोषणा गरिएको छ । अभिनेत्री केकी अधिकारीको अभिनय तथा निर्माण रहेको फिल्म आउदो वर्षको बैशाख १४ गतेबाट फिल्म प्रदर्शनमा आउन लागेको हो ।मण्डला थिएटरमा झन्डै ८ वर्ष अगाडि एक महिनासम्म मञ्चन भएको ‘बोक्सीको घर’ नाटकमा आधारित भएर फिल्म निर्माण भएको हो । फिल्मका लेखक तथा निर्देशक सुलक्षण भारती हुन् ।
‘केकी अधिकारी फिल्म्स’को ब्यानरमा निर्माण रहेको फिल्ममा केकीका साथमा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया आदिको अभिनय रहेकोछ ।समाजमा महिलालाई बोक्सीको आरोप लगाएर गर्ने विभेद र शोषणमा फिल्म आधारित छ । सामाजिक-थ्रिलर कथामा बनेको फिल्मले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने केकीले बताएकी छन् ।
नेपाल प्रदर्शनपछि फिल्मलाई अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत लैजाने केकीको योजना छ । फिल्मको कार्यकारी निर्माता राजकुमार घिमिरे हुन् । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको फिल्मलाई शिवराम श्रेष्ठले छायांकन तथा लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । यो फिल्मलाई टिफल्क फिल्मसले वितरण गर्नेछ । ‘बोक्सीको घर’ नाटकमा अभिनेत्री सरिता गिरीको अभिनय थियो
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ आश्विन ३०, बुधबार १२:५१स्याङजाको सुन्तला र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य कार्यक्रम बने सहकार्य गर्ने अध्यक्ष ढकालको प्रतिबद्धता खेलकुद२०८१ आश्विन १९, शनिबार १८:४९बेलबुुट्टे आदर्श बाल क्लबको शुुभकामना आदानप्रदान समाचार२०८१ आश्विन १८, शुक्रबार २०:४७पोखराको नागढुङ्गा माखुल्यो सबै किसिमका सवारीसाधनका लागि टायर पसल समाचार२०८१ आश्विन १८, शुक्रबार २०:३४पोखरा–१७, छोरेपाटनमा रहेको अनमोल वचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न