तपाईं हामी धेरैमा पक्कै पनि कफी पिउँने सौखिन हुन्छ नै, जानीराखौ एक दिनमा चार कपभन्दा बढी नपिउनुस । यदि बढी कफी पिउँदा निद्रा लाग्दैन मानसिक तथा शारीरिक समस्या पनि बढाउन सक्छ । यसले मानिसलाई डर पैदा गर्ने र मुटुको धड्कन रोक्ने सम्भावना पनि बढाइदिन्छ ।
ब्रिटेनको सरकारी स्वास्थ्य संस्थाले गरेको एक अध्ययनले कफी धेरै पिउँदा स्वास्थ्यका लागि खतरा हुने देखाएको छ । अनुसन्धानमा संलग्न विशेषज्ञहरूका अनुसार कस्तो कफीमा कति कफिनको मात्रा हुन्छ त्यो थाहा हुँदैन । त्यसैले हामीले थाहा नै नपाई कति कफिन लिइरहेका छौँ त्यसको जानकारी पनि हुँदैन । यसरी थाहा नपाई हामीले आवश्यकताभन्दा बढी कफिन खाइरहेका हुन सक्छौँ ।
गर्भवती महिलाले दिनमा दुई कपभन्दा बढी कफी सेवन गर्नु राम्रो हुँदैन । सो संस्थाले गरेको अध्ययनअनुसार कफिनको अत्यधिक सेवनले गर्भपतनको सम्भावना बढी हुन्छ । त्यसका साथै जन्मिएको नवजात शिशुको वजन पनि कम हुन्छ वा जन्मदैँ शारीरिक तथा मानसिक विकलांगता पनि हुन सक्छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ मंसिर ३, सोमबार १८:३२उद्योग वाणिज्य महासङ्घमा लघु घरेलु साना एवं मझौला उद्यम विकास केन्द्र स्थापना समाचार२०८१ कार्तिक २४, शनिबार १५:०९पाथीभरा केबलकारको शिलान्यास, १५ महिनाभित्र निर्माण सम्पन्न हुने समाचार२०८१ कार्तिक १२, सोमबार २०:२०तिहारमा स्वदेशी फूलको प्रयोग गरौँ, कृषिमन्त्री श्रेष्ठ समाचार२०८१ कार्तिक ११, आईतवार १४:३७पोखरा म.न.पा. वडा नं. १७ तल्लो बिरौटाकोआयोजनामा बहुउद्देश्यीय सामुदायिक क्रियापुत्री भवन उद्घाटन सप्पन्न