Home स्वास्थ्य/जानकारी टिप्स दिनमा चार कपभन्दा बढी कफि पिउदा स्वास्थ्यमा समस्या देखिने

दिनमा चार कपभन्दा बढी कफि पिउदा स्वास्थ्यमा समस्या देखिने

62
0

तपाईं हामी धेरैमा पक्कै पनि कफी पिउँने सौखिन हुन्छ नै, जानीराखौ एक दिनमा चार कपभन्दा बढी नपिउनुस । यदि बढी कफी पिउँदा निद्रा लाग्दैन मानसिक तथा शारीरिक समस्या पनि बढाउन सक्छ । यसले मानिसलाई डर पैदा गर्ने र मुटुको धड्कन रोक्ने सम्भावना पनि बढाइदिन्छ ।

ब्रिटेनको सरकारी स्वास्थ्य संस्थाले गरेको एक अध्ययनले कफी धेरै पिउँदा स्वास्थ्यका लागि खतरा हुने देखाएको छ । अनुसन्धानमा संलग्न विशेषज्ञहरूका अनुसार कस्तो कफीमा कति कफिनको मात्रा हुन्छ त्यो थाहा हुँदैन । त्यसैले हामीले थाहा नै नपाई कति कफिन लिइरहेका छौँ त्यसको जानकारी पनि हुँदैन । यसरी थाहा नपाई हामीले आवश्यकताभन्दा बढी कफिन खाइरहेका हुन सक्छौँ ।

गर्भवती महिलाले दिनमा दुई कपभन्दा बढी कफी सेवन गर्नु राम्रो हुँदैन । सो संस्थाले गरेको अध्ययनअनुसार कफिनको अत्यधिक सेवनले गर्भपतनको सम्भावना बढी हुन्छ । त्यसका साथै जन्मिएको नवजात शिशुको वजन पनि कम हुन्छ वा जन्मदैँ शारीरिक तथा मानसिक विकलांगता पनि हुन सक्छ ।

लेखकको बारेमा

बिष्णु प्रसाद बरालपोखरामा रहेर पत्रकारितामा सक्रिय बराल असल खबर डटकमका सम्वाददाता हुनुहुन्छ ।
Previous articleआर्यन चम्किएको खेलमा नेदरल्याण्डको सहज जित, शीर्ष स्थानमा उक्लियो नेपाल
Next articleआजदेखि कोरियन भाषा परीक्षा सुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here