टि-२० शृङ्खलाः आज उपाधिका लागि नेदरल्याण्डससँग भिड्दै नेपाल
![टि-२० शृङ्खलाः आज उपाधिका लागि नेदरल्याण्डससँग भिड्दै नेपाल टि-२० शृङ्खलाः आज उपाधिका लागि नेदरल्याण्डससँग भिड्दै नेपाल](https://asalkhabar.com/wp-content/uploads/2024/03/nepal-vs-netherland-4.jpg)
काठमाडौं, फागुन २२ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि–२० शृङ्खलाको उपाधिका लागि आयोजक नेपालले आज नेदरल्याण्डससंग प्रतिस्पर्धा गर्दैछ । आजको खेल बिहान ११ः३० बजे शुरु हुने छ ।
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको शृड्खलाको उापधिका लागि नेपालले नेदरल्याण्डससंग खेल्न लागेको हो । नामिबिया समेत सहभागी त्रिदेशीय त्रिकोणात्मक शृङ्खलामा नेपाल दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको हो ।
नेदरल्याण्डस अङ्क तालिकाको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । शृङ्खलाको शुरुका दुई खेल हारेको नेपालले अन्तिम दुई खेल जितेको थियो ।
दुई खेल जितेको नेदरल्याण्डस अन्तिम खेलमा नामिबियासंगको खेल बर्षाले रद्द भएर एक(एक अङ्क बाँडेपछि शीर्षस्थानमा उक्लियो र नामिबिया पुछारमा रहँदै बाहिरियो । आज हुने फाइनल प्रतिस्पर्धाबाट टि-२० शृङ्खलाको विजेता छानिनेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास