टि-२० शृङ्खलाः आज उपाधिका लागि नेदरल्याण्डससँग भिड्दै नेपाल

काठमाडौं, फागुन २२ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि–२० शृङ्खलाको उपाधिका लागि आयोजक नेपालले आज नेदरल्याण्डससंग प्रतिस्पर्धा गर्दैछ । आजको खेल बिहान ११ः३० बजे शुरु हुने छ ।
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको शृड्खलाको उापधिका लागि नेपालले नेदरल्याण्डससंग खेल्न लागेको हो । नामिबिया समेत सहभागी त्रिदेशीय त्रिकोणात्मक शृङ्खलामा नेपाल दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको हो ।
नेदरल्याण्डस अङ्क तालिकाको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । शृङ्खलाको शुरुका दुई खेल हारेको नेपालले अन्तिम दुई खेल जितेको थियो ।
दुई खेल जितेको नेदरल्याण्डस अन्तिम खेलमा नामिबियासंगको खेल बर्षाले रद्द भएर एक(एक अङ्क बाँडेपछि शीर्षस्थानमा उक्लियो र नामिबिया पुछारमा रहँदै बाहिरियो । आज हुने फाइनल प्रतिस्पर्धाबाट टि-२० शृङ्खलाको विजेता छानिनेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र २२, आईतवार १९:५९ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
समाचार२०८२ चैत्र २२, आईतवार १८:०१डिजिटल प्रणालीमार्फत स्थानीय विपद् व्यवस्थापनलाई छिटो र प्रभावकारी बनाइँदै
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र २२, आईतवार ११:१३गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित
समाचार२०८२ चैत्र २२, आईतवार १०:४६पोखरामा ‘संस्कृत भजन वाटिका’








