Home खेलकुद भलिबल च्याम्पियनसिपः आर्मीले कर्णालीलाई हरायो

भलिबल च्याम्पियनसिपः आर्मीले कर्णालीलाई हरायो

आठौँ महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई ३-० ले पराजित गर्‍यो । आर्मीले कर्णालीमाथि २५-१६,२५-२३ र २५-७ को जित निकाल्यो । जितसँगै समूह‘ए’ को आर्मीले दुई खेलमा तीन अङ्क जोडेको छ । हारसँगै तीन खेलमा पराजित कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ ।

पहिलो खेलमा आर्मी एभरेष्ट भलिबल क्लबसँग ३-१ सेटले पराजित भएको थियो । त्यस्तै कर्णाली नेपाल पुलिस क्लब र एभरेष्ट क्लबसँँग पराजित भएको थियो । नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगिताका विजेता टोलीले पाँच लाख, उपविजेताले दुई लाख ५० हजारर र तेस्रो हुने टोलीले रु एक लाख २५ हजार प्राप्त गर्नेछन् । रासस

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version