भलिबल च्याम्पियनसिपः आर्मीले कर्णालीलाई हरायो

आठौँ महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई ३-० ले पराजित गर्यो । आर्मीले कर्णालीमाथि २५-१६,२५-२३ र २५-७ को जित निकाल्यो । जितसँगै समूह‘ए’ को आर्मीले दुई खेलमा तीन अङ्क जोडेको छ । हारसँगै तीन खेलमा पराजित कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ ।
पहिलो खेलमा आर्मी एभरेष्ट भलिबल क्लबसँग ३-१ सेटले पराजित भएको थियो । त्यस्तै कर्णाली नेपाल पुलिस क्लब र एभरेष्ट क्लबसँँग पराजित भएको थियो । नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगिताका विजेता टोलीले पाँच लाख, उपविजेताले दुई लाख ५० हजारर र तेस्रो हुने टोलीले रु एक लाख २५ हजार प्राप्त गर्नेछन् । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र १, आईतवार १८:१४डिभिजन वन कार्यालय धादिङद्धारा वन डढेलो सचेतना सप्ताह सुरु
समाचार२०८२ चैत्र १, आईतवार १६:५०नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १, आईतवार १०:२३प्राविधिक परिवारलाई बोर्डद्वारा ५० हजार सहयोग
समाचार२०८२ फाल्गुन ३०, शनिबार २१:३६माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, मृतक सबै भारतीय नागरिक








