पोखरा । पोखराको गणेश टोल स्थित फेवा शिक्षा सदन मा.वि.ले शुक्रबार विद्यालयमा नि:शुल्क दन्त शिविरको आयोजना गरेको छ ।
विद्यार्थीहरुलाई मुख स्वास्थ्यबारे शिक्षा दिने उद्देश्यले आयोजना शिविरमा विद्यालयका कक्षा नर्सरीदेखि दश कक्षासम्मका पाँच सय जना विद्यार्थीहरुले लाभ लिएको विद्यालयका प्राचार्य अचुत पाण्डेले जानकारी दिनुभयो । “विद्यार्थीहरुलाई कसरी मुख स्वास्थ्य राख्न सकिन्छ भन्ने शिक्षा दिने उद्देश्यले शिविरको आयोजना गरेका हौं” प्राचार्य पाण्डेले भन्नुभयो । उक्त शिविरमा विद्यार्थीहरुको मुख, दाँत, गिजाको परिक्षण गरिएको थियो ।
सो अवसरमा दाँत, गिजा र मुखलाइ स्वस्थ राख्ने उपायहरूको बारे पनि बताइएको सह-प्राचार्य प्रमोद पाण्डेले जानकारी दिनुभयो । विद्यालयको वार्षिक कार्यक्रम अनुसार शिविरको आयोजना गरिएको शैक्षिक विभाग प्रमुख सुमन आचार्यले बताउनुभयो ।
पैरवी हेल्थ एण्ड डेन्टल केयर सेन्टरको प्राविधिक सहयोगमा भएको उक्त शिविरमा विद्यालयका शिक्षक, शिक्षिका र कर्मचारीहरुको सहभागिता रहेको प्रशासनिक प्रमुख यज्ञराज पौडेलले असल खबरलाई जानकारी दिनुभयो ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ आश्विन ५, शनिबार ०८:१७फेवा शिक्षा सदनमा नि:शुल्क दन्त शिविर समाचार२०८१ आश्विन १, मंगलवार २०:५१ने.वि.संघको अन्तर विद्यालय स्तरीय हाजिरजवाफ प्रतियोगिता सम्पन्न समाचार२०८१ भाद्र १६, आईतवार १६:१७खौलालाँकुरी-पोखरा सम्पर्क समाजको छैटौँ वार्षिक साधारण सभा तथा तिज विशेष दर खाने कार्यक्रम सम्पन्न कला, विचार/मनोरञ्जन२०८१ भाद्र ९, आईतवार १४:४३अठहत्तर वर्षिय शोभाकर बरालको पौराणिक आख्यानमा आधारित दोस्रो पुस्तक प्रकाशन