भूगर्भ विज्ञको टोलीद्वारा गाडी भासिएर हराएको घटनाको अध्ययन सुरु

मकवानपुर- हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ गैरीगाउँमा गाडी भासिएर हराएको घटनाको अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली मंगलबार हेटौंडा आएको छ ।
उक्त टोलीले घटनास्थलमा औपचारिक रूपमा अध्ययन सुरु गरेको छ । टोलीले उक्त स्थानको भूगर्भीय बनावट, माटोको तह, भूमिगत जलस्रोत तथा चुम्बकीय क्षेत्रको अध्ययन गर्ने भूगर्भविद् नारायण अधिकारीले बताउनुभयो ।
साथै, प्रोटोन म्याग्नेटो मिटर प्रयोग गरी उक्त स्थानको चुम्बकीय क्षेत्र तथा त्यसमा रहेका एनोमेलिक पदार्थको अवस्थाबारे अध्ययन गरिने छ ।
शुक्रबार गैरीगाउँको भित्री सडकमा रोकिराखिएको ना ४ च ४८३३ नम्बरको सिंगल क्याप बलेरो गाडी जमिन भासिएर अचानक बेपत्ता भएको थियो। गाडीमा घाँस काट्ने मेसिन लोड गरिएको थियो ।
प्रारम्भिक रूपमा अगाडिको पाङ्ग्रा भासिएपछि गाडीलाई निकाल्ने प्रयास भइरहँदा जमिन नै भासिएर गाडी हराएको थियो । लगातार तीन दिन खोजी गर्दा पनि गाडीको अवस्था पत्ता नलागेपछि हेटौंडा उपमहानगरपालिकाले भूगर्भविद्हरूलाई बोलाई अध्ययन गर्न पत्राचार गरेको हो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ बैशाख २३, मंगलवार १८:५२राजस्व सङ्कलन कमजोर भएपछि प्रदेश र स्थानीय तहको अनुदान कटौती समाचार२०८२ बैशाख २३, मंगलवार १३:५५सुनचाँदीको मूल्यमा सामान्य वृद्धि समाचार२०८२ बैशाख २३, मंगलवार १३:४५मिथिलामा जानकी नवमी मनाइँदै समाचार२०८२ बैशाख २३, मंगलवार १०:२१भूगर्भ विज्ञको टोलीद्वारा गाडी भासिएर हराएको घटनाको अध्ययन सुरु