मिथिलामा जानकी नवमी मनाइँदै

महोत्तरी- प्राचीन मिथिलाक्षेत्रमा विभिन्न धार्मिक अनुष्ठानका साथ आज जानकी नवमी मनाइँदैछ । विदेह भूमि पनि भनिने मिथिलामा सीताको जन्म भएको विश्वासमा हरेका वर्ष वैशाख शुक्ल नवमीका दिन सीताजयन्ती मनाइन्छ ।
सीतालाई देशको राष्ट्रिय विभूति मानिएको छ । त्रेतायुगमा विदेह राज्यमा अनिकाल पर्दा राजाले हलो जोते पानी पर्छ भन्ने विद्वत्सभाको निर्णयानुसार राजा जनकले खेत जोत्दा भूमिबाट सीता प्रकट भएकी विश्वास गरिन्छ । यसै विश्वासमा मिथिलामा यस दिनलाई जानकी नवमी वा जानकी प्रकाट्य दिवसका रुपमा मनाउने गरिएको हो ।
महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका मठमन्दिरमा वैशाख शुक्लपक्ष सुरु भएसँगै जानकी प्रकट दिवस मनाउन थालिन्छ । यो पर्वमा महोेत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठ, लक्ष्मीनारायण मन्दिर, जलेश्वरस्थित रामजानकी ब्रह्मचारी कुटी, बर्दिबासस्थित रामजानकी मन्दिर र कामेश्वरनाथ महादेव मन्दिर परिसरमा सीता जयन्ती नौदिने धार्मिक अनुष्ठा सम्पन्न गरिँदैछ । यहाँका सबैजसो मठमन्दिरमा सीताजीसम्बन्धी कथावाचन, शोभायात्रा गरेर सीता जयन्ती मनाइने परम्परा छ ।
बाल्यावस्थादेखि नै आफ्ना विशिष्ट गुणले आदर्श नारीको पहिचान बनाएकी सीताले विवाहपछि पनि मिथिलाको महिमा बढाएको रामायणसहितका पौराणिक ग्रन्थमा वर्णित छ ।
जानकी नवमी पर्व हिन्दू परम्परासँग जोडिएको भए पनि सीता विदेह भूमिकी छोरी भएकी हुँदा यहाँका सबै बासिन्दामा यस पर्वको भावनात्मक सम्बन्ध छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ बैशाख २३, मंगलवार १८:५२राजस्व सङ्कलन कमजोर भएपछि प्रदेश र स्थानीय तहको अनुदान कटौती समाचार२०८२ बैशाख २३, मंगलवार १३:५५सुनचाँदीको मूल्यमा सामान्य वृद्धि समाचार२०८२ बैशाख २३, मंगलवार १३:४५मिथिलामा जानकी नवमी मनाइँदै समाचार२०८२ बैशाख २३, मंगलवार १०:२१भूगर्भ विज्ञको टोलीद्वारा गाडी भासिएर हराएको घटनाको अध्ययन सुरु