प्रचण्डद्वारा माधव नेपाल र देउवासँग भेट

प्रचण्डद्वारा माधव नेपाल र देउवासँग भेट
Share this

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच साेमवार आज दिउँसाे छलफल भएको छ ।अध्यक्ष प्रचण्ड सभापति देउवालाई भेट्न उहाँकै निवास बूढानीलकण्ठ पुग्नुभएको थियो ।

भेटमा सुदुरपश्चिम प्रदेशको सरकार गठनबारे छलफल भएको तथा अन्य समसामयिक राजनीति बिषय बारे पनि कुराकानी भएको सभापति देउवाको सचिवालयले जनाएको छ । उहाँहरूबीच भएको अरु कुराकानीबारे भने केहि खुलाइएको छैन ।

कांग्रेस सभापति देउवालाई भेट्नुभन्दा पहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेका नेता माधवकुमार नेपालसँग छलफल गर्नुभएको थियो । नेता नेपालकै निवास कोटेश्वर पुगेर अध्यक्ष प्रचण्डले नेता नेपालसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नुभएको हो ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह, एमालेको खनाल–नेपाल समूह र राष्ट्रिय जनमोर्चाको पाँच दलीय संयुक्त गठबन्धनले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीको रूपमा अघि सारेका छन् । संविधानको धारा ७६ को उपधारा ५ अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त नगरेपछि विपक्षी गठबन्धन सर्वोच्चमा पुगेको छ । अहिले यससम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेलगत्तै राजनीतिक र कानुनी लडाइँ लड्ने बताएका गठबन्धनले प्रतिनिधि सभा विघटनसम्बन्धी परेका मुद्दाबारे सर्वोच्चको फैसला कुरिरहेका छन् ।

अन्तिम अपडेट: 2021-June-07 समय 3:25 PM

328 पटक पढिएको
Facebook Notice for EU! You need to login to view and post FB Comments!

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com