सार्वजनिक बिदा भोलि कर्णाली प्रदेशभर

सार्वजनिक बिदा भोलि कर्णाली प्रदेशभर
Share this

असल खबर -भोलि (भदौ ४ गते) कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिने भएको छ। प्रदेश स्थापना दिवस सरकारले सार्वजनिकमा बिदा दिने भएको हो।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले दिएको जानकारी अनुसार भदौ ४ गतेका दिन प्रदेशमा रहेका सरकारी कार्यालय, शिक्षण संस्था र बैंक तथा वित्तीय संस्थाहरू पूर्ण रूपमा बन्द रहने बताइएको छ।
मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले मन्त्रालयले एक सूचना जारी गर्दै भदौ ४ गते प्रदेशभर सार्वजनिक बिदा हुने जानकारी दिएका छन्‌।​​
यस्तै, कर्णाली सरकारले यसवर्ष कृष्णन्माष्टमी र असोज शुक्ल पूर्णिमामा पनि सार्वजनिक बिदा दिने भएको छ।

अन्तिम अपडेट: 2021-August-19 समय 1:36 PM

47 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media