एकै परिवारका ६ जनाको विभत्स हत्या संखुवासभाको मादीमा

एकै परिवारका ६ जनाको विभत्स हत्या संखुवासभाको मादीमा
Share this

असल खबर– संखुवासभाको मादी नगरपालिका–१ खोला गाउँका एकै घरका ६ जनाको हत्या भएको छ।

गएराति भएको मादी –१ स्थानीय तेजबहादुर कार्कीको परिवारलाई अपरिचित समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदी जानकारी दिए।

छिमेकीले सोमबार बिहान सबैलाई मृत अवस्थामा  देखेपछि प्रहरीलाई खबर गरेका थिए। अज्ञात समूहको धारिलो हतियार प्रहारबाट स्थानिय ५८ वर्षीय तेजबहादुरकी आमा पार्वता कार्की, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, नाति दिपक कार्की र नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको स्थानीय शिक्षक योगेन्द्र ओझाले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीको टोली घटना स्थल मादी तर्फ लागेको छ। घटनाको थप विवरण आइसकेको छैन्।

अन्तिम अपडेट: 2021-September-06 समय 12:36 PM

74 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media