फ्रान्समा लरीबाट उद्धार गरिएका ६ मध्ये ४ जनालाई ३० दिनभित्र फ्रान्स छाड्न निर्देशन दिइएको छ । प्रहरीले ४ भियतनामी र २ इराकी महिलालाई लरीबाट उद्धार गरेको थियो ।
फलफूल बोक्ने चिस्यानयुक्त लरीमा निसास्सिएको अवस्थामा उनीहरुको उद्धार गरिएको थियो । महिलाहरुले सोचेभन्दा फरक गन्तव्यतर्फ लरी हिँडेपछि उनीहरु आत्तिएका थिए ।
बन्द लरीभित्रैबाट बीबीसीका सम्वाददातालाई सम्पर्क गरेपछि उनीहरुको उद्धार भएको समाचारमा उल्लेख छ । उनीहरु बेलायत छिर्ने योजनाका साथ लरीमा चढेपनि सो लरी इटलीतर्फ प्रस्थान गरेपछि उनीहरुले उद्धारको याचना गरेको बीबीसीले जनाएको छ ।
महिलाहरुको उद्दारका लागि लरीको गोदाम खोल्दा त्यहाँको तापक्रम ६ डीग्री सेल्सियस रहेको र उनीहरु सबैको स्वास्थ्य राम्रो पाइएको छ । चालकलाई नियन्त्रणमा लिइएको भएपनि उनको नियतमा शंका गर्ने ठाउँ नभेटिएपछि उनलाई मुक्त गरिएको प्रहरीले जनाएको छ ।
युरोप, अमेरिका लगायत सुरक्षित र सुविधायुक्त मानिने मुलुकहरुमा अवैध आप्रवासनको समस्या पछिल्ला वर्षहरुमा बढेको छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ मंसिर २, आईतवार ०६:२६लायन्स क्लब अफ पोखरा कोरिया रिटर्नीद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न समाचार२०८१ मंसिर १, शनिबार १८:५९बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बाह्रौँ साधरणसभा सम्पन्न समाचार२०८१ कार्तिक २३, शुक्रबार १६:४२जल्पादेवी महिला उद्धार समुहको अध्यक्षमा दुर्गा अधिकारी समाचार२०८१ कार्तिक ९, शुक्रबार १४:०६चापाकोट स्वास्थ्य चौकीको अत्याधुनिक भवन उद्घाटनसँगै दन्त सेवा सुरु