कवि सृजना अर्यालको बोध अन्तर्बाेध कवितासंग्रह लोकार्पण गरिएको छ । धादिङको सिद्धलेक गाउँपालिकाको सभाहलमा शनिबार प्राज्ञ तथा व्यङ्ग्यकार नरनाथ लुईटेल र माता लक्ष्मी अर्यालले कवितासंग्रहको लोकार्पण गर्नुभएको हो ।
बोध अन्तर्बाेध कवितासंग्रहमा भएका कविताले नेपालबाट युवा पुस्ता रित्तिने र देश बृद्धाश्रम हुने अवस्थाको चित्र कवितामा व्यक्त भएको छ । देशको दुर्गमता, विकताका परिस्थिति र त्यहाँका दुखेसोहरु कविताले बोलेको छ । बेला बेलामा आउने भुकम्प, महामारीले आम नागरिकलाई दिने पीडा कविता मार्फत सृर्जनाको दृष्टि पुगेको छ ।
एक सय ३४ पेजको बोध अन्तर्बाेध कवितासंग्रहमा १८ छन्दका ६० वटा कविता छ । सुनको पिजडा कवितासंग्रहपछि अर्यालको यो दोश्रो संग्रह हो । बोध अन्तर्बाेध कवितासंग्रह लोकार्पणमा पुगेका साहित्यकारहरुले कविता मार्फतनै सृर्जना अर्याललाई शुभकामना दिनुभएको थियो ।
भर्खरै उदाउदै गर्नुभएकी कवि सृजनाले पनि बोध अन्तर्बाेध कवितालाई आफ्नो चौथो सन्तानको रुपमा लिनुभएको छ ।
सोही समारोहमा बोध अन्तर्बाेध कवितासंग्रह लोकार्पणसंगै गुलावी मन (गजल अडियो)को पनि लोकार्पण गरिएको छ । शास्त्रीय छन्दमा कविता लेख्नेहरूका निम्ति यो सङ्ग्रह एउटा राम्रो उदाहरण हुन सक्ने मदन पुरस्कार बिजेता साहित्यकार डा.नवराज लम्साल बताउनु हुन्छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८१ आश्विन २०, आईतवार १८:०२रक्तरञ्जित शक्तिपीठ र बलिप्रथाको उपादेयता समाचार२०८१ आश्विन १५, मंगलवार २०:१६विन्ध्यवासिनी मन्दिरमा हुने नवदुर्गा शोभायात्रा स्थगित राजनीति२०८१ आश्विन १३, आईतवार १५:३५बृहत विद्यार्थी भेला मार्फत नेविसंघ पिएन क्याम्पसको अध्यक्षमा तिमिल्सिना समाचार२०८१ बैशाख १२, बुधबार १९:४१धादिङको जिल्ला आयुर्वेद औषधालय १६ शैय्याको अस्पतालमा स्तरोन्नति