कवि सृजना अर्यालको बोध अन्तर्बाेध कवितासंग्रह लोकार्पण

कवि सृजना अर्यालको बोध अन्तर्बाेध कवितासंग्रह लोकार्पण गरिएको छ । धादिङको सिद्धलेक गाउँपालिकाको सभाहलमा शनिबार प्राज्ञ तथा व्यङ्ग्यकार नरनाथ लुईटेल र माता लक्ष्मी अर्यालले कवितासंग्रहको लोकार्पण गर्नुभएको हो ।
बोध अन्तर्बाेध कवितासंग्रहमा भएका कविताले नेपालबाट युवा पुस्ता रित्तिने र देश बृद्धाश्रम हुने अवस्थाको चित्र कवितामा व्यक्त भएको छ । देशको दुर्गमता, विकताका परिस्थिति र त्यहाँका दुखेसोहरु कविताले बोलेको छ । बेला बेलामा आउने भुकम्प, महामारीले आम नागरिकलाई दिने पीडा कविता मार्फत सृर्जनाको दृष्टि पुगेको छ ।
एक सय ३४ पेजको बोध अन्तर्बाेध कवितासंग्रहमा १८ छन्दका ६० वटा कविता छ । सुनको पिजडा कवितासंग्रहपछि अर्यालको यो दोश्रो संग्रह हो । बोध अन्तर्बाेध कवितासंग्रह लोकार्पणमा पुगेका साहित्यकारहरुले कविता मार्फतनै सृर्जना अर्याललाई शुभकामना दिनुभएको थियो ।
भर्खरै उदाउदै गर्नुभएकी कवि सृजनाले पनि बोध अन्तर्बाेध कवितालाई आफ्नो चौथो सन्तानको रुपमा लिनुभएको छ ।
सोही समारोहमा बोध अन्तर्बाेध कवितासंग्रह लोकार्पणसंगै गुलावी मन (गजल अडियो)को पनि लोकार्पण गरिएको छ । शास्त्रीय छन्दमा कविता लेख्नेहरूका निम्ति यो सङ्ग्रह एउटा राम्रो उदाहरण हुन सक्ने मदन पुरस्कार बिजेता साहित्यकार डा.नवराज लम्साल बताउनु हुन्छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना









