उपनिर्वाचनका लागि दलहरु सहित स्वतन्त्र उम्मेदवारको समेत मनोनयन दर्ता

आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता गरेका छन् ।
इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि दुवै क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगका अनुसार दुवै क्षेत्रको मनोनयन दर्ता सदरमुकामस्थित निर्वाचन अधिकृतको कार्यालयमा सम्पन्न भएको छ ।
मनोनयनपत्र दर्ता बिहान १० देखि ५ बजेसम्मका लगि तय गरिएको थियो । यसैबीच प्रतिनिधिसभाको उपनिर्वाचनका लागि इलाम २ मा राजनिति दल र स्वतन्त्र गरी आठ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
उपनिर्वाचनका लागि नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले उम्मेदवारी दर्ता गराउनु भएको छ भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का साझा उम्मेदवार सुहाङ नेम्बाङ, राष्ट्रिय स्वतन्त्र पार्टिका मिलन लिम्बु, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ , नेपाल मजदुर किसान पार्टीका श्याम दर्जी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, पहिचानवादीका तर्फबाट डकेन्द्र सिंह थेगिम र नेकपा (एकीकृत समाजवादी) का जीतबहादुर राई रहेका छन् । अहिले सम्म उपनिर्वाचनका लागि इलाममा विभिन्न दल तथा स्वतन्त्रबाट १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अझै केही स्वतन्त्र उम्मेदवार मनोनयन दर्ताका लागि लाइनमा रहेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
भोलि उम्मेदवारको विरोधमा उजुरी दिने तथा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम छ । यसैगरि चैत २६ उम्मेदवारको नामावली प्रकाशन गर्ने र चैत २७ गते उम्मेदवारको नाम फिर्ता लिने कार्यक्रम छ । निर्वाचन अधिकृतको कार्यालयले सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्ने छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ बैशाख १, सोमबार २१:०९मार्गदर्शन एकेडेमीले गर्यो नयाँ वर्षकाे दिन शुभकामना आदानप्रदान समाचार२०८१ चैत्र २४, सोमबार १८:२९पञ्चकोशी आधारभूत विद्यालयको ५३औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न समाचार२०८१ चैत्र १३, बिहीबार १८:१४सिद्धबाराह तपोवन सन्यास आश्रममा गायत्री पुरश्चरण तथा विशेष धार्मिक कार्यक्रम आयोजना हुँदै समाचार२०८१ चैत्र १२, बुधबार १९:४३संस्कृत युवा मञ्चद्वारा सत्सङ्ग तथा दिवा खाजा वितरण