काठमाडौं। काठमाडौँ विश्वविद्यालयको आयोजनमा नेपालमा चलचित्र निर्माण सम्बन्धी दुई दिने कन्फ्रेन्स सम्पन्न भएको छ । विश्वविद्यालयको कला सङ्काय अन्तर्गत भाषा तथा आमसञ्चार विभागले आयोजना गरेको संगोष्ठीमा ३० भन्दा बढी चलचित्रकर्मी, प्राज्ञ तथा शोधार्थीको प्रस्तुति रह्यो ।
कार्यक्रममा चलचित्रकर्मी दिपा बस्नेतले समाज र संस्कृतिको रूपान्तरणमा चलचित्रको ऐतिहासिक भूमिकाबारे प्रकाश पारिन् । वैश्विक चलचित्र निमार्णको पृष्ठभूमिमा नेपाली चलचित्र निर्माणको अवस्थाको विश्लेषण गर्दै बस्नेतले थप अनुसन्धानमार्फत नेपाली चलचित्रको प्राज्ञिक इतिहास लेखिनुपर्नेमा जोड दिइन् । चलचित्र समीक्षक उर्जा आचार्यले दुई मुल धारका नेपाली चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ र ‘छक्का पन्जा ३’ को नारीवादी समालोचना प्रस्ताव गरिन् ।
आचार्यले नेपाली चलचित्रमा महिलाहरूको चरित्र निर्माण पुरुषको दृष्टिबाट गरिएको उनीहरूको भूमिका विकसित नभई सहयोगीमात्र हुनेमा प्रकाश पारिन् । आचार्यको तर्क थियो, यस्तो चित्रणले सामाजिक स्टिरियोटाइपहरू मात्र प्रतिबिम्बित गर्दैन, बरु यसले लैङ्गिक मानदण्डहरूलाई चुनौती दिने चलचित्रको सम्भावनालाई कमजोर बनाउँछ । आचार्यले नेपाली चलचित्रले परम्परागत कथाभन्दा बाहिर गएर महिलालगायत विभिन्न व्यक्ति र समूहको सशक्त र सूक्ष्म चित्रणलाई अंगाल्नु पर्ने आवश्यकतामा जोड दिइन् ।
मिडिया अध्ययनका अध्येता आकृति श्रेष्ठले हेर्ने कथाको ‘इन द जब अफ द टाइगर’ र यस थ्योरीको “हनी हन्टर” नामक दुई वृत्तचित्रको तुलनात्मक विश्लेषण प्रस्तुत गरिन् । हेर्ने कथामा निर्देशकको सहभागितामूलक दृष्टिकोणले डकुमेन्ट्रीका विषयवस्तुसँग आत्मीयताको भावना सृजना गर्दा ‘हनी हन्टर’ मा लिइएको तुलनात्मक रूपमा दुरीको दृष्टिकोणले विषयवस्तु र दर्शकबीच आत्मीयताको सम्भावनालाई बाधा पु¥याउने गरेको बताइन् । मिडिया अनुसन्धानकर्ता सेजोल प्रधानाङ्गाले ‘कबड्डी’ शृङ्खलामा काजी चरित्रको गहन विश्लेषण गरिन् । प्रधानाङ्गले सामाजिक गतिशीलता भित्र चरित्रको भूमिका अथ्र्याउँदै आफ्नो प्रेम रुचि, मैया, र ईष्र्या र क्रोधपूर्ण उनको भावनात्मक यात्रालाई जित्नको लागि उसको निरन्तर प्रयासमाथि प्रकाश पारिन् । बदलिँदो सामाजिक परिवेशको बाबजुद काजीको चरित्र शारीरिक रूप र सामाजिक हैसियतमा स्थिर रहेको प्रधानाङ्गले बताइन् ।
तुलनात्मक अध्ययनमा मिडिया अनुसन्धानकर्ता सन्देश चौहानले ओस्कार अवार्डमा मनोनित चलचित्र ‘ग्रीन बुक’ र ओस्कारका लागि नेपालको आधिकारिक छनौट ‘बुलबुल’को दृश्य पक्षबारे चर्चा गरे । चौहानको विश्लेषण बजेट र गुणस्तर, प्राविधिक र दृश्यका भिन्नताहरू बीचको सम्बन्धमा केन्द्रित थियो ।
नेपाल टुरिज्म बोर्ड, काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेसिटभल र फिल्म डाइरेक्टर्स गिल्ड अफ नेपालको सहआयोजना तथा सहकार्यमा आयोजित कार्यक्रममा प्राज्ञिक लेख प्रस्तुतिका साथै करीब आधा दर्जन लघु चलचित्रको प्रदर्शनी समेत भएको थियो ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ मंसिर २, आईतवार ०६:२६लायन्स क्लब अफ पोखरा कोरिया रिटर्नीद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न समाचार२०८१ मंसिर १, शनिबार १८:५९बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बाह्रौँ साधरणसभा सम्पन्न समाचार२०८१ कार्तिक २३, शुक्रबार १६:४२जल्पादेवी महिला उद्धार समुहको अध्यक्षमा दुर्गा अधिकारी समाचार२०८१ कार्तिक ९, शुक्रबार १४:०६चापाकोट स्वास्थ्य चौकीको अत्याधुनिक भवन उद्घाटनसँगै दन्त सेवा सुरु