६० भन्दा बढी जिल्लाको गणना सकिँदा पोख्रेलकाे प्यानललाई अग्रता :पत्रकार महासङ्घकाे चुनाव

६० भन्दा बढी जिल्लाको गणना सकिँदा पोख्रेलकाे प्यानललाई अग्रता :पत्रकार महासङ्घकाे चुनाव
Share this

अस्ति बुधवार भएको नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्वको लागि चुनावको मतगणना जारी छ।

७७ जिल्लामा भएको चुनावको ६० भन्दा बढी जिल्लामा गणना लगभग सकिएको छ । हालसम्म भएको मतगणनाले अध्यक्षका उम्मेदवार विपुल पोख्रेलको प्यानलले नै अग्रता बनाएको छ ।

काठमाण्डौको केन्द्रको मत गन्न भने बाँकी छ । १२ सय ३४ मत परेको काठमाण्डौको केन्द्रमा अहिले केहीबेरपछि मत गणना गर्ने तयारी छ । केन्द्रीय अध्यक्षमा पोख्रेलसहित निर्मला शर्मा र गजेन्द्र बुढाथोकीको उम्मेदवारी रहेको छ । यस्तै, प्रतिष्ठानतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।

प्रतिष्ठानतर्फको सबै नतिजा बिहान ११ बजेसम्ममा आइसक्ने निर्वाचन अधिकृत राजन कुईँकेलले जानकारी दिनुभयो । प्रतिष्ठानतर्फको केन्द्रीय समिति सदस्यमा मणि दाहाल र रामकृष्ण अधिकारी विजयी भएका छन् ।

अधिकारी पोख्रेल प्यानलका हुनुहुन्छ भने दाहालले स्वतन्त्र उम्मेदवारी दिनु भएको हो । त्यसतै
, एसोसिएटतर्फको पनि मतगणना चलिरहेको छ । अझै एक/दुई दिन चुनावका सबै नतिजा आउन लाग्ने निर्वाचन समितिका संयोजक कपिल काफ्लेले दिनुभयो ।

अस्ति, ७७ जिल्ला, ४२ प्रतिष्ठान र १२ वटा एसोसिएटको चुनाव भएको हो । बैतडीमा सदस्यता वितरणको विवादले जिल्ला कार्यसमितिको चुनाव हुन सकेन । बैतडीमा पनि छिटै नै चुनाव हुने निर्वाचन समितिले जनाएको छ ।

अन्तिम अपडेट: 2021-April-09 समय 8:37 AM

57 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media