ओएसआरका संचालक अग्रवाल हिरासतमुक्त

काठमाडौं । चलचित्र ‘प्रसाद २’का निर्माताको उजुरीपछि पक्राउ परेका ओएसआर डिजिटलका संचालक ओम प्रकाश अग्रवाल आइतबार बेलुका हिरासतमुक्त भएका छन् ।
काठमाडौं प्रहरी परिसरका अनुसार प्रहरीले खोजेको बेला उपस्थित हुने हाजिर जमानिको सर्तमा उनलाई छाडिएको हो । प्रहरीले अग्रवालका कानून व्यवसायी आशिष श्रेष्ठ वैद्यको जिम्मा जमानिमा छाडेको जनाएको छ ।
शुक्रबार पक्राउ परेका अग्रवाललाई प्रहरीले आइतबार दिउँसो म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराएको थियो । पक्राउ परेको मितिदेखि चार दिन लागू हुने गरि उनको म्याद थपिएको थियो ।
अदालतमा पेश गर्नुअघि प्रहरीले अग्रवालसँग बयान समेत लिएको थियो । ‘प्रसाद २’का निर्माताहरु सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले आफूहरुको मञ्जुरीबिना स्वदेश तथा विदेशमा फिल्म प्रसारण गरि आफूहरुलाई १ करोड ५० लाख रुपैयाँ आर्थिक नोक्सानी पुर्याएको भन्दै ठगी आपराधिक विश्वासघात अन्तर्गत उजुरी दिएका थिए ।
उनीहरुले उजुरीमा अग्रवालसहित फिल्म निर्देशक सुदर्शन थापा र सम्पादक मिलन श्रेष्ठलाई प्रतिवादी बनाएका थिए । निर्देशक थापा र सम्पादक श्रेष्ठविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:१५चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक
समाचार२०८३ जेष्ठ ८, शुक्रबार ०६:२७आजको मौसमःबागमती सहित ६ प्रदेशमा बर्षाको सम्भावना
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ७, बिहीबार १४:२०तत्काल ‘राष्ट्रिय ट्रमा नीति’ बनाउन सांसद कार्कीको माग
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ७, बिहीबार १२:४१ओएनएम सर्वे नहुँदा ‘प्रादेशिक अस्पताल’ समस्यामा









