‘पशुपति प्रसाद २ : भष्मे डन’को ट्रेलर सार्वजनिक

काठमाडौँ। आगामी कार्तिक ४ अर्थात बडादशैंको फूलपातीको दिनबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा चलचित्रका सम्पूर्ण मुख्य कलाकारलाई स्थान दिइएको छ।
दर्शकमाझ प्रतिक्षित रहेको चलचित्रले ‘पशुपति प्रसाद’को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा निर्माण गरिएको हो ।
दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’मा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ ।
टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन २४, आईतवार ००:२२हुम्लामा कांग्रेसका रोकाया विजयी
समाचार२०८२ फाल्गुन २३, शनिबार १६:५२लमजुङमा रास्वपाका केसी विजयी
समाचार२०८२ फाल्गुन २३, शनिबार १६:४१चितवन–३ मा रास्वपाकी गौतम विजयी
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन २३, शनिबार १५:२४अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘चलचित्रमा नारी’ कार्यक्रम आयोजना हुँदै








