काठमाडौँ। पछिल्लो समय नेपाली डिजिटल मार्केटमा ओटीटी प्लेटफर्मको आवश्यकताको चर्चा भइरहँदा कान्तिपुर फिल्म एकेडेमीले यही दसैबाट स्ट्रिमीङ सुरु गर्न लागेको छ । ओटीटीका लागि कान्तिपुर सिनेमाजले केही हप्ता अगाडी नेपाली ओरिजीनल सिरिज भनेर ब्रह्माण्ड र मिस स्कार्लेटको टिजर सार्वजनिक गरेको थियो ।
कान्तिपुर सिनमाजले शिल्पा मास्के, विनय श्रेष्ठ, संजोग कोइराला, सजन श्रेष्ठ, संजोग रसाइली र रवीन्द्र झा स्टारर सिरिज ‘लभ सूत्र’को टिजर र फस्टलुक सार्वजनिक गरेको छ । सार्वजनिक ३७ सेकेन्डको फस्ट लुक टिजर र कलाकारको लाइनअप हेर्दा सिरिज रोमान्टिक लभ स्टोरी र कमेडी बनेको देख्न सकिन्छ । भि मोसन पिक्चर्स र ओएसआर डिजिटलले मिलेर बनाएको सिरिजलाई निरोज महर्जनले निर्देशन गरेका हुन् ।
३० देखी ४० मिनेटको ५ वटा एपीसोडकोे यस सिरिजको फुल ट्रेलर यही असोज २९ गते सार्वजनिक हुने र त्यही दिनबाट संसार भरबाट सब्स्क्रीप्सन लिएर मोबाइल फोन, वेव र स्मार्ट टिभीमा सिरिज हेर्न मिल्ने बताइएको छ ।
कान्तिपुरको ओटीटीले सार्वजनिक गरेको कन्टेन्टको टिजरहरु हेर्दा केही फरक फरक जनराको स्टोरीहरू हेर्न पाइन्छ जस्तो देखिएको छ । यसरी बिग स्केलमा ओटीटी प्लेटफर्म आउँदा पक्कै पनि हलको पहुँच नभएका दर्शकलाई नयाँ नयाँ फिल्महरू हेर्न पाउने र फिल्मको डिजिटल बजार बढ्ने कुरामा कान्तिपुर फिल्म एकेडेमी आशावादी रहेको छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- समाचार२०८१ मंसिर १७, सोमबार १६:१६बाग्लुङ समाज पोखराद्वारा ४८ युनिट रगत संकलन
- कला, विचार/मनोरञ्जन२०८१ मंसिर १२, बुधबार १९:१९चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसंँग जोड्न आग्रह
- समाचार२०८१ मंसिर २, आईतवार ०६:२६लायन्स क्लब अफ पोखरा कोरिया रिटर्नीद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न
- समाचार२०८१ मंसिर १, शनिबार १८:५९बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बाह्रौँ साधरणसभा सम्पन्न