अध्ययन : खोपले काम गरेको छ भारतीय भेरियन्टमा

अध्ययन  : खोपले काम गरेको छ  भारतीय भेरियन्टमा
Share this

कोरोना भाइरसको नयाँ प्रकार भारतमा देखिएको(भेरियन्ट) बी.१.६१७ मा पनि कोरोना खोपले काम गरेको एक अध्ययनले देखाएको छ ।

भारत र बेलायती वैज्ञानिकले संयुक्त रुपमा गरेको अध्ययनमा उक्त भेरियन्टले खोपले शरीरमा विकास गरेको एन्टिबडीलाई छलेर संक्रमित भने बनाउन सक्ने पाइएको छ ।

भारतमा देखिएको उक्त भेरियन्टलाई डबल म्युटेन्ट भनिन्छ । किनकी यसमा कोरोनाको ई ४८४ क्यू र एल ४५२ आर भेरियन्ट देखिएको छ । यो अध्ययनका एक शोधकर्ता डा. अनुराग अग्रवालले भने, ‘हामीले अध्ययनको क्रममा यो भेरियन्टले आक्रमण गर्दा एन्टिबडीको बचाउने क्षमतामा कमी आएको पायौं तर यो प्रभावहीन भने छैन ।कोरोनाको संक्रमण खोप लगाएका मानिसमा पनि देखिएको छ । तर खोप लगाएका कोही कसैमा पनि कोरोनाको गम्भीर लक्षण देखिएको छैन ।’

भारतीय भेरियन्ट प्रयोगशालामा गरिएको अनुसन्धानको क्रममा परीक्षणमा धेरै संक्रामक रहेको पाइएको थियो । भारतको दिल्लीस्थित एक अस्पतालमा कोरोनाबाट संक्रमित भएका र खोप लगाएका ३३ स्वास्थ्यकर्मीमध्ये करिब आधामा बी.१.६१७ भेरियन्ट देखिएको थियो ।

अन्तिम अपडेट: 2021-May-12 समय 1:56 PM

115 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com