नेपालमै पहिलोपटक स्वदेशी प्रविधिमा अत्याधुनिक हवाइ इन्धन डिपो निर्माण, साउनदेखि सञ्चालनमा

पोखरा । पोखरामा पहिलोपटक स्वदेशी पुँजी, सीप र प्रविधिमा आधारित अत्याधुनिक हवाइ इन्धन डिपो निर्माण सम्पन्न भएको छ। नेपाल आयल निगमले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा निर्माण गरेको डिपो साउन दोस्रो साताबाट सञ्चालनमा ल्याउने तयारी छ ।
९,२१५ वर्गमिटरमा फैलिएको डिपोमा तीनवटा इन्धन भण्डारण ट्याङ्की छन्, जसको कुल क्षमता ३,६०० किलोलिटर (३६ लाख लिटर) रहेको छ। आगलागी नियन्त्रणका लागि १,२०० किलोलिटरको पानी ट्याङ्क, ४ हजार लिटर क्षमताको फोम स्टोरेज ट्याङ्क, दुईवटा २३० HP डिजल पम्प, १५ HP को जक्की पम्प, तथा ८ इन्चको पाइपसहित आधुनिक फायर फाइटिङ सिस्टम जडान गरिएको छ।

परियोजना प्रमुख प्रदीप कुमार यादवले १५ महिनामा निर्माण सम्पन्न भएको जानकारी दिँदै भने डिपोले आन्तरिक उडानको तीन महिनासम्मको खपत धान्न सक्ने बताए । यदि अन्तर्राष्ट्रिय उडान दैनिक १–२ मात्र भएमा, एक महिनासम्म पर्याप्त इन्धन आपूर्ति गर्न सक्ने उनकाे भनाई छ ।
उनका अनुसार, डिपो नेपालकै स्रोत, जनशक्ति र प्रविधिबाट निर्माण गरिएको हो। भ्याट बाहेक कुल लागत ७५ करोड रुपैयाँ पुगेको छ। ‘यहाँ अमेरिकी मापदण्डअनुसारको अटोमेटिक फायर सिस्टम, हिट डिटेक्सन, र स्काडा प्रणालीमार्फत सम्पूर्ण प्रक्रिया सफ्टवेयरबाट नियन्त्रण गरिन्छ’ उनले भने।

नेपाल आयल निगमका प्रबन्धक निर्देशक अशोक अर्यालका अनुसार, डिपोमा तीनवटा इन्धन ट्याङ्की र एकवटा पानीको फायर टावर छन्। यहाँ अटोमेसन लेभल–३, पीएलसी स्टार र स्काडा सिस्टम जडान गरिएको छ, जसले आपतकालीन अवस्था स्वचालित रूपमा पत्ता लगाएर तुरुन्त सक्रिय प्रतिक्रिया दिन्छ।
अर्यालले डिपो स्वदेशी बजेट र प्राविधिक सहयोगमा, कुनै विदेशी ऋण नलिई निर्माण गरिएको नेपालकै पहिलो अत्याधुनिक नमुना भएको बताए।

हाल डिपोमा स्वचालन परीक्षण र तेस्रो पक्ष इन्सपेक्सनको तयारी भइरहेको छ। डिपी इन्सपेक्सन १० दिनभित्र सम्पन्न गरी साउन पहिलो हप्तामा ट्याङ्कीमा इन्धन भर्ने प्रक्रिया सुरु हुने निगमले जनाएको छ।
सहायक प्रबन्धक इन्जिनियर अनुपम पराजुलीले यो संरचना अमेरिकी पेट्रोलियम इन्स्टिच्युट (API) को मापदण्डअनुसार निर्माण भएको बताए। ‘पहिलाजस्तै विदेशी परामर्शदाता र उपकरणको भर नपरी, यो परियोजना पूर्ण रूपमा स्वदेशी स्रोत, सीप र प्रविधिबाट सम्पन्न गरिएको नमुना हो’ उनले भने।

नेपाल आयल निगमको ५५ वर्षे इतिहासमा पहिलोपटक यति ठूलो पूर्वाधार परियोजना स्वदेशी श्रोत र जनशक्ति प्रयोग गरी सम्पन्न गरिएको हो। डिपो सञ्चालनमा आएपछि पोखराको हवाई सेवा, आपूर्ति प्रणाली र पर्यटन क्षेत्रमा ठूलो सघाउ पुग्ने अपेक्षा गरिएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18838, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १०, आईतवार १२:०५भुजेल समाज सेवा पाेखराद्वारा माइन्युट लेखन, उद्घोषण तथा नागरिक सचेतना तालिम सम्पन्न
समाचार२०८२ फाल्गुन ९, शनिबार २०:२४१२ वर्षपछि सहाराको कमब्याक:२५औं आहारारा पोखरा गोल्डकपको उपाधि आयोजक सहारालाई
समाचार२०८२ फाल्गुन ८, शुक्रबार २२:५४शनिबार आहा रारा पोखरा गोल्डकपको फाइनल,जावलाखेल र आयोजक सहारा क्लब वीच राेचक भिडन्त
समाचार२०८२ फाल्गुन ८, शुक्रबार १२:५७गण्डकी प्रदेशका ५५ उत्कृष्ट ग्रामीण उद्यमीका लागि नेतृत्व तथा व्यवस्थापन कार्यशाला सम्पन्न







