विद्यार्थीलाई कक्षा १२ को परीक्षाअघि नै खोप दिन सुझाव

विद्यार्थीलाई कक्षा १२ को परीक्षाअघि नै  खोप दिन सुझाव
Share this

असल खबर – कक्षा १२ को परीक्षा अघि नै विद्यार्थीलाई खोप दिन संसदको शिक्षा तथा स्वास्थ समितिले सरकारलाई सुझाव दिएको छ ।

कक्षा १२ को परीक्षा साउन ३१ गते शुरु हुँदैछ । परीक्षा दिने ४ लाख विद्यार्थी छन् भने उनीहरुलाई परीक्षा दिनुअघि खोप दिन सकिन्छ भने पहल गर्न सरकारलाई समितिको सुझाव छ’ समिति सभापति जयपुरी घर्तीले निर्णय सुनाउदै भनिन् ।
कक्षा १२ को परीक्षा लगायतका विभिन्न विषयमा संसदीय समितिले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीसँग छलफल गरेको थियो । समितिले परीक्षा दिनुअघि कोरोना परीक्षण गर्न र कोरोना संक्रमण भई परीक्षा दिन नसक्ने भए दोस्रो चरणमा दिन पाउने व्यवस्था गर्न निर्देशन दिएको हो ।
त्यस्तै समितिले बढी विद्यार्थी भएका विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्न कठिनाइ हुन सक्ने भएकाले बढी केन्द्र बनाएर परीक्षा सञ्चालन गर्ने व्यवस्था गर्न भनेको छ ।
कक्षा १२ को परीक्षा विद्यार्थीहरुले वर्ष होम सेन्टरमै दिन पाउनेछन् ।

 

अन्तिम अपडेट: 2021-July-28 समय 1:12 PM

302 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com