सुत्केरी महिला र शिशुको मृत्युपछि लमजुङ अस्पतालमा तनाव

लमजुङ- लमजुङ जिल्ला अस्पतालमा उपचारको क्रममा सुत्केरी महिला र शिशुको मृत्यु भएपछि अस्पतालमा पीडित पक्षहरुले प्रदर्शन गरेका छन् ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका–९, पामचोककी २६ बर्षिय गर्भवती महिला शोभा विक र उनको शिशुको मृत्यु भएपछि उनका परिवारजन एवं आफन्तहरुले अस्पतालमा विरोध गरेका हुन् ।
प्रसुती सेवाका लागि सोमबार लमजुङ अस्पतालमा भर्ना भएकी विकको मंगलबार शल्यक्रियाबाट मृत बच्चा जन्मिएको थियो । शल्यक्रियापछि अत्याधिक रक्तश्राव भएर चितवन रिफर गरिएको अस्पताल प्रशासनले जनाएको छ । उपचारको क्रममा चिववनमा विकको मृत्यु भएको थियो ।
आफन्तजनले भने जिल्ला अस्पतालको लापरबाहीका कारण महिला र शिशुको ज्यान गएको आरोप लगाउँदै बुधबार अस्पताल बाहिर प्रदर्शन गरेका हुन् । पिडित पक्षको विरोध पदर्शन पछि अस्पतालमा ठुलो सँख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । अस्पतालमा तनावपुर्ण स्थिति भएपनि अस्पतालको सेवा प्रवाह भने निरन्तर चलिरहेको अस्पताल प्रशासनले जनाएको छ ।
घटनाको विषयमा प्रमुख जिल्ला अधिकारीसहित पीडित पक्ष र अस्पताल पक्षबीच वार्ता भएको छ । सो बार्ता बैठकले घटनाको विषयमा छानविन गर्न प्रदेश सरकार सामाजिक विकास मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ । छानविन समितिले एकसाता भित्र घटनाको छानविन गर्ने र घटनामा अस्पतालको लापरबाहि देखिएमा सोहि अनुसार कानुनी कारवाहिमा जाने सहमती भएको छ ।
घटनाको छानविनका विषयमा सहमती भएपनि समितिको प्रतिवेदन नआउदासम्म पीडित पक्षले महिला र शिशुको शव नबुझ्ने अडान लिएका छन् ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ आश्विन २, बिहीबार १८:२६अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको मनोबल उच्च हुनुपर्छ: गभर्नर पौडेल
कला, विचार/मनोरञ्जन२०८२ आश्विन २, बिहीबार १८:१६चलचित्र ‘माइतीघर’ को ट्रेलर सार्वजनिक
समाचार२०८२ आश्विन २, बिहीबार १८:१५नीलकण्ठ नगरपालिकाको गत आर्थिक बर्षको बार्षिक समिक्षा सम्पन्न
कला, विचार/मनोरञ्जन२०८२ आश्विन २, बिहीबार १३:१२‘वरिष्ठ बलराम’को पोस्टरमा दयाहाङ र विजयको घम्साघम्सी