१० जना निर्दोस नागरिक अफगानिस्तानको काबुलमा भएको ड्रोन आक्रमणमा मारिएकाे पुष्टि

१० जना निर्दोस नागरिक अफगानिस्तानको काबुलमा भएको ड्रोन आक्रमणमा मारिएकाे पुष्टि
Share this

असल खबर-अफगानिस्तानको काबुलमा भएको ड्रोन हमलामा १० जना सर्वसाधारण मारिएकोमा अमेरिकाले क्षामा मागेको छ ।
यस भन्दा अघि तालिबानी लडाकु मारिएको दाबी गरे पनि हिजो अमेरिकी सेनाले पत्रकार सम्मेलन गरेर आफूहरुले गरेको आक्रमणमा १० जना सर्वसाधारण मारिएको र त्यो एउटा दुःखद् क्षण भएको बताएका समाचार संस्था रोयटर्सले जनाएको छ ।
निर्दोस मानिस मार्नु कुनै उद्देश्य नभए पनि विद्रोहीलाई जवाफ दिने क्रममा सर्वसाधारण मारिएको अमेरिकी सेनाले जनाएको छ । अफगानिस्तानमा तालिबानले कब्जा जमाए पछि २६ अगस्टमा काबुल एयरपोर्टमा आईएसआईएसले आत्मघाती हमला गर्दा १३ अमेरिकीसहित २ सयभन्दा धेरैको ज्यान गएको थियो ।
त्यसको बदला लिनको लागि पछि अमेरिकाले ड्रोन हमला गरेको थियो । त्यतिबेला अमेरिकाले कोही पनि सर्वसाधारण नमारिएको दाबी गर्दै आएको थियो ।  एजेन्सी 

अन्तिम अपडेट: 2021-September-18 समय 8:22 AM

99 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media