नेपाल रेडक्रस सोसाइटी पोखरा १२ उपशाखाको रक्तदान कार्यक्रम सम्पन्न

पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा १२ उपशाखाको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पोखरा १२ उपशाखाका सभापति इन्दिरा पन्त आचार्यले छण् युनिट रगत संकलन भएको बताइन ।कार्यक्रममा बोल्दै आचार्यले रक्तदान जीवनदान भएको र रगत दिदा मानिस स्वास्थ रहने बताईन ।
नेपाल रेडक्रस सोसाइटी पोखरा १२ उपशाखाको आयोजना एवं मार्गदर्शन एकेडेमीको व्यवस्थापनमा र स्थानीय संघसंस्थाको सहयोगमा भएको रक्तदान कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाश बहादुर केसीले रक्तदान भनेको केवल रगत दिने कुरा मात्र नभई मानव जीवन जोगाउने महान कर्म भएको बताए। हामीले दिएको एक युनिट रगतले दुर्घटनामा परेका, उपचारका लागि रगत चाहिने, वा जटिल रोगहरूसँग जुधिरहेका व्यक्तिहरूको जीवन जोगिन बताए ।मन्त्री केसीले रक्तदान कुनै साधारण कार्य नभई सहास सहयोग र समाज प्रति जिम्मेवारीको प्रतिक भएको बताए ।
मन्त्री केसीले रगत कुनै कारखानामा बन्ने बस्तु नभई, एक स्वस्थ व्यक्तिबाट अर्को व्यक्तिमा पुग्ने जीवनरेखा भएको हुदा रक्तदान गर्न सक्ने अवस्थामा भएको व्यक्तिले, एकदिन मात्र नभई यस्तो अवसरलाई नछुटाउन अनुरोध गरे।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका कोषाध्यक्ष मोहनसिंह खडका, मार्गदर्शन एकेडेमीमा संचालक पुरण श्रेष्ठ ,सल्लाहकार सुर्यप्रसाद आचार्य, निवर्तमान अध्यक्ष कृष्णराज आचार्य लगाएतको उपस्थिति रहेका थिए।।
उपशाखाका सभापति रामकुमार अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रकाश सेढाईंले गरेका थिए। सिद्धान्त बाचन उपसचिव आइतराम विश्वकर्मा बाट भएको थियो।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18861, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १, शुक्रबार ०७:००२ लाख ८७ हजार नगदसहित जुवातास खेल्ने–खेलाउने ८ जना पक्राउ
समाचार२०८३ बैशाख ३१, बिहीबार २१:५२दीननाथ बराललाई उत्कृष्ट खेल पत्रकार अवार्ड
समाचार२०८३ बैशाख ३०, बुधबार २२:४०गण्डकीलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन स्पष्ट नीति र लगानीको खाँचो
समाचार२०८३ बैशाख ३०, बुधबार ००:१८पोखरा महानगरले कक्षा ११ मा भर्नाका लागि प्रवेश परीक्षा लिन राेक्याे









