थप सात सय ६० जनामा बितेको २४ घण्टामा कोरोना सङ्क्रमण पुष्टि

थप सात सय ६० जनामा बितेको २४ घण्टामा कोरोना सङ्क्रमण पुष्टि
Share this

असल खबर-बितेको २४ घण्टामा देशैभर थप सात सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै पीसीआर र एन्टिजेन गरी १२ हजार ३१ जनाको नमुना परीक्षण गरेकोमा सात सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज थपिएकासगै नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख एक हजार ६ सय ३३ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९२ हजार नौ सय ६३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै बितेको २४ घण्टामा आठ सय ९९ जना निको भएसँगै कोरोनामुक्त हुनेको सङ्ख्या सात लाख ७५ हजार ७२ जना पुगेको छ ।
थप ११ जना कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । यो सहित कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार दुई सय २१ जना पुगेको छ । हाल नेपालमा १५ हजार तीन सय ४० जना सक्रिय सङ्क्रमित रहेक छन् भने तीन सय १७ जनाको आईसीयू र एक सय १३ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।
त्यस्तै बितेको २४ घण्टामा ९० हजार नौ सय ९३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ६४ लाख ४६ हजार नौ सय ५७ जना पुगेको छ । ८१ लाख २७ हजार दुई सय ६२ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।

अन्तिम अपडेट: 2021-October-09 समय 6:12 PM

95 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media