आइसोलेसनमा प्रधानमन्त्री देउवा

आइसोलेसनमा प्रधानमन्त्री देउवा
Share this

असल खबर-प्रधानमन्त्री शेरबहादुर देउवा कन्ट्याक्ट ट्रेसिङमा परेपछिआइसोलेसनमा बसेका छन् ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुमा संक्रमण पुष्टि भएपछि देउवा कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । त्यसैकारण प्रधानमन्त्री देउवा पनि शनिबारदेखि नै आइसोलेसनमा बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका एकजना सदस्यले भने प्रधानमन्त्रीज्यू भेटघाट बन्द गरेर आइसोलेट हुनु भएको छ ।’

यद्यपि उनमा भने कोभिडसँग मिल्दाजुल्दा कुनै पनि लक्षण नदेखिएको उनले बताए । त्यसैले कोभिड परीक्षण गर्ने कि नगर्ने भन्ने पनि एकिन भइसकेको छैन ।अहिले नै पीसीआर टेष्ट गर्ने कि एक-दुई दिन कुरेर परीक्षण गराउने भन्ने अझै एकिन भइसकेको छैन, परामर्श जारी छ ।’

शुक्रबार सत्ता गठबन्धन दलका शीर्ष नेताहरुसहित उच्चस्तरीय समन्वय समितिको बैठकमा प्रधानमन्त्री देउवा पनि सहभागी थिए । त्यसको भोलिपल्ट अर्थात् शनिबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ लगायतमा कोभिड पुष्टि भएको थियो ।
शनिबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेर फर्किएलगत्तै प्रचण्ड संक्रमित भएको खबर पाएपछि देउवा आइसोलेसनमा बसेका हुन् ।

 

अन्तिम अपडेट: 2022-January-09 समय 11:47 AM

83 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com