गंगाजमुना–३ मा सरसफाइ तथा फुल रोप्ने कार्यक्रम

धादिङ, ०२ साउन ।
गंगाजमुना गाउँपालिका वडा नं ३ मा सरसफाइ तथा फुल रोप्ने कार्यक्रम सम्पन्न गरिएको छ। साविक गुम्दि गाविस वडा नं २ र ३ को सिंखडा टोलस्थित तल्लो चौतारादेखि वरदन सडक खण्डसम्म सरसफाइ र फुल रोपिएको हो।
वडाको आयोजनामा गरिएको कार्यक्रममा वडाका जनप्रतिनिधि, कर्मचारी, टोल विकास समिति, विभिन्न विद्यालय, स्वास्थ्य संस्था, आमा समूह तथा स्थानीयवासीहरूको सक्रिय सहभागिता रहेको थियो।
वडालाई सुन्दर र हराभरा बनाउने उद्देश्यसहित पहिले सीढी निर्माण गरी त्यसपछि दुबै छेउमा फुल रोपिएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो। उहाँका अनुसार, वडाभरि फुल रोपेर ढकमक्क पार्ने योजना अनुरूप काम अघि बढाइएको हो।
स्थानीय सरोकारवाला र संस्थाहरूको सहकार्यमा गरिएको यस अभियानले समुदायमा सरसफाइ तथा वातावरणीय सौन्दर्यप्रति जनचेतना फैलाउने अपेक्षा गरिएको छ।




लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २४, आईतवार ०९:०८सन्तोष र प्रियनाको ‘बयान’ ले मिलियन भ्युज पार्यो
समाचार२०८२ कार्तिक २४, आईतवार ०६:४९सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालको प्रथम वार्षिकोत्सवमा राष्ट्रपति पौडेल सहभागी हुने
समाचार२०८२ कार्तिक २३, शनिबार २१:३३‘लाइटिङ’ प्रणालीमा समस्या आउँदा हवाई उडान प्रभावित
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २३, शनिबार १०:५२चलचित्र ‘प्रतिवैरम’ को छायांकन सम्पन्न







