धुनिबेशी –७ भगेरीस्थित उप्रेतीको घरमा आगोलागी,१२ लाख बराबरको क्षती

धादिङ । धादिङको धुनिबेशी न.पा.७ भगेरी स्थित नवराज उप्रेतीको घरमा आगोलागी हुँदा अन्दाजी १२ लाख बराबरको धनजनको क्षती भएको छ । आईतबार अन्दाजी ११ः३५ बजेको समयमा अचानक बिजुलीको तार सर्ट भई आगोलागी भएको हो ।
आगोलागी बाट ढुङ्गा माटोको गारोमा जस्ताले छाएको २ कोठाको कच्ची घर पुर्ण रुपमा नष्ट भएको छ । घरभित्र रहेको काठको दराज १ थान,काठको खाट २ थान,सोफा सेट १ थान,ग्याँस चुलो १ थान,ग्यासको सिलिन्डर २ थान,सुन ३ तोला,लत्ता कपडा सबै गरी अन्दाजी.बाह्र लाख मुल्य बराबरको धनजनको क्षति भएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
आगोलागी बाट मानविय र चौपायको क्षती भने भएको थिएन ।आगोलागी भएको खवर पाउनाका साथ ईलाका प्रहरी कार्यालय खानिखोला बाट प्र.नि.देवेन्द्र बहादुर शाहको कमाण्डमा १५ जनाको टोली खटि गई स्थानिय समेतको सहयोग आगो नियन्त्रणमा लिएका थिए ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ असार २१, शनिबार १९:१८गणतन्त्रको स्थापना गर्न स्व गिरिजाप्रसाद कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
समाचार२०८२ असार २१, शनिबार १७:०९वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गर्ने पक्राउ
कला, विचार/मनोरञ्जन२०८२ असार २१, शनिबार १५:१७‘नेशनल म्यूजिक अवार्ड २०८१’ असार २८ मा, कुमा र दुर्गेशसहित भव्य कन्सर्ट
कला, विचार/मनोरञ्जन२०८२ असार २१, शनिबार १३:०९चलचित्र ‘मिरमिरे’को काभ्रेपलाञ्चोकबाट छायांकन सुरु