‘सुनाकली’ देखाउँदै सकियो ‘थाहा फिल्म फेस्टिभल’

काठमाडौँ। मकवानपुरको थाहा नगरपालिकामा आयोजित ‘थाहा फिल्म फेस्टिभल २०२३’ सम्पन्न भएको छ। पालुङको जेसिस हलमा मंसीर ९ गतेबाट सुरु भएको फेस्टिभलमा भोजराज भाट निर्देशित डकुमेन्ट्री ‘सुनाकली’ देखाउँदै समापन गरियो। मुगुकी किशोरीहरूको फुटबल जीवनमा आधारित ‘सुनाकली’ले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ। समापन कार्यक्रमकी प्रमुख अतिथि बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मुक्तान थिइन्।

पर्यटन प्रवर्धन गर्ने उदेश्य सहित थाहा कला केन्द्रले आयोजना गरेको फेस्टिभलमा तीन दर्जन डकुमेन्ट्रीसहित फिचर फिल्म र सर्ट फिल्महरु प्रदर्शन गरिएको थियो। फिचर फिल्मतर्फ ‘ऐना झ्यालको पुतली’, ‘प्रकाश’, ‘द सिक्रेट्स अफ राधा’, ‘बुलबुलु’, ‘आमाखान्डो’ र ‘डेसान’ देखाइयो। थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु तामाङले फेस्टिभल सफलतापुर्वक सम्पन्न भएको बताउँदै यसलाई निरन्तर रुपमा अगाडी बढाउने सुनाए।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र २५, बुधबार २०:३२स्वास्थ्य विमावापतको भुक्तानी समयमै नआउँदा निजी अस्पतालहरू गम्भीर आर्थिक दवाबमा परेका छन्ः सोइना शर्मा
समाचार२०८२ चैत्र २५, बुधबार २०:१४आफू र आफ्नो परिवारको सम्पत्तिका विषयमा सार्वजनिक भएका समाचार भ्रामक: देउवा
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २५, बुधबार १९:५३वैशाख १८ मा ‘लालीबजार’, अन्तर्राष्ट्रिय अधिकार बिक्रीको तयारी
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २५, बुधबार १९:४७वैशाख ४ देखि ‘कमेडी दरबार’ सिजन ३, नयाँ स्वरूपमा फर्किँदै








