भरतपुर अस्पतालको क्षमता वृद्धि

चितवन, मंसिर १६ । भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा श्यया थप गरिएको छ। भेन्टिलेटरसहितको अत्याधुनिक चार श्यया थप गरेर कूल सङ्ख्या ३८ पुर्याइएको हो।
अस्पतालका प्रवक्ता डा. गोविन्द कँडेलले बिरामीको चापअनुसार श्यया अभाव भएपछि थप गरिएको बताए।
उनका अनुसार अस्पतालको सघन उपचार कक्षमा झण्डै शतप्रतिशत बिरामीको भर्नादर (अकुपेन्सी) हुने गरेको छ। एउटा श्यया सर्पदंशका बिरामीका लागि छुट्याइएको छ।
उनले निजी अस्पतालको सघन उपचार कक्षमा एक दिनमा रु १५ हजार हाराहारी खर्च हुने जानकारी दिए। उनका अनुसार सरकारी अस्पतालमा एक दिनको श्यया शुल्क रु दुई हजार मात्र पर्दछ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले यसका अतिरिक्त २० श्ययाको बाल सघन उपचार कक्ष र छ श्ययाको पिआइसियु सञ्चालनमा रहेकाे जानकारी दिए। अस्पतालमा छ सय श्यया छन्।
चितवनसहित छिमेकी जिल्लाबाट यहाँ बिरामी उपचारका लागि आउने गरेका छन्। यो संघीय अस्पताल हो। यहाँ दैनिक तीन हजारसम्म बहिरंग सेवामा बिरामी उपचारका लागि आउने गरेको तिवारीले जानकारी दिए।
संघीय अस्पताल भएर पनि न्यून दरबन्दीमात्र स्वीकृत रहेकाले विकास समितिका चिकित्सक, कर्मचारीको भरमा अस्पताल सञ्चालन हुँदै आएको छ। रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १६, बुधबार २१:३१‘लालीबजार’ रोक आदेशविरुद्ध चलचित्रकर्मी माइतीघरमा उत्रिए
समाचार२०८३ बैशाख १६, बुधबार २०:०५काठमाडौँ जिल्लाका सबै सुकुम्बासी बस्ती बैशाख १८ गतेदेखि खाली गरिने
खेलकुद२०८३ बैशाख १६, बुधबार १४:४८स्मार्ट लाइसेन्स छपाइमा उल्लेख्य प्रगति
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख १६, बुधबार १०:५२बीपी कोइराला अस्पतालको अध्यक्ष पद खुला आवेदनबाट चयन गरिने,यी हुन् आवश्यक याेग्यता








