Home कला, विचार/मनोरञ्जन ‘जम्प’को गीत ‘फेरी फर्किन्छ’ सार्वजनिक

‘जम्प’को गीत ‘फेरी फर्किन्छ’ सार्वजनिक

1
0
‘जम्प’को गीत ‘फेरी फर्किन्छ’ सार्वजनिक

काठमाडौं। आगामी मंसिर २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जम्प’को गीत सार्वजनिक गरिएको छ । फरक शैलीमा तयार पारिएको ‘फेरी फर्किन्छ’ मा विशाखा चन्द र भाष्करको स्वर रहेको छ।

सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार सवैलाई प्रस्तुत गरिएको छ । विशाखा चन्द र भाष्कर स्वरको रहेको गीतमा गायक स्वरको नै शब्द रचना तथा संगीत सुन्न सकिन्छ । आशुतोषध्वज कार्कीले जम्पबाट निर्देशनमा डेव्यु गर्दैछन् ।

चलचित्रमा वास्तविक जीवनमा आइपर्ने बाधा र त्यसलाई पन्छाउनका लागि चालेको एउटा अनौठो कदमपछिको अवस्था र तनावलाई प्रस्तुत निर्देशक कार्की बताउँछन् । एथ्लेटिक्स खेलाडीले आफ्नो जीवन परिवर्तनका लागि दैवी शक्तिको साहारा लिएपछि आउने घटनाक्रमको कथा चलचित्रले पेस गर्छ ।

चलचित्रमा सरोज श्रेष्ठ, बिनिता थापामगर, सन्देश शाक्य, सगुन तामाङ, मन्जिल जिसी, शंकर महर्जन, एन्जेलिका खत्री, अरोष्मा रन्जित, प्रज्वल खँडेल, सुदिप भुषाल, इलिस विष्ट तथा रितेश राजकर्णिकारको मुख्य भुमिका रहेको छ । चलचित्रको कथा र संगीत स्वयं निर्देशक कार्की हो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  सुदिप र शान्ती श्रीको नयाँ गीत ‘बारुलाको गोलो’ मा उषा र रमेश (भिडियो)
Previous articleडोल्पाको रसी गाउँमा भाइरलका कारण घरैपिच्छे बिरामी
Next articleभरतपुर अस्पतालको क्षमता वृद्धि