डोल्पाको रसी गाउँमा भाइरलका कारण घरैपिच्छे बिरामी

डोल्पा- हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं २ मा पर्ने रसी गाउँनै भाइरल बिरामीले थला परेको छ । एक महिनादेखि गाउँका प्रत्येक घरजस्तो रुघाखोकी, ज्वरो र घाँटी दुख्ने लक्षण भएका बिरामीहरु देखिएका छन् ।
गाउँमा रहेका झण्डै एकसय चालीस घरधुरीमध्ये अधिकांस घरमा रुघाखोकी, ज्वरो र घाँटी दुख्नेका बिरामी रहेको स्थानीय बुधबहादुर बुढाले जानकारी दिनुभयो ।
“करिब एक महिना भयो, घरै पिच्छे बिरामी छन्, रुघाखोकी, ज्वरो, टाउको दुख्ने र घाँटी दुख्ने समस्या देखिएको छ”- उहाँले भन्नुभयो । भाइरल ज्वरोले सिंगो गाउँनै थलापरेपनि अहिलेसम्म पनि स्वास्थ्यकर्मीको टोली उपचारकालागि नपुगेको उहाँको भनाई छ ।
यता त्रिपुरासुन्दरी नगरपालिकाको टोली आज स्वास्थ्यकर्मीसहित गाउँ जान लागेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तुल बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
रसी गाउँमा केही हप्तादेखि भाइरलका बिरामी बढेको भन्ने जानकारी प्राप्त भएकाले औषधीसहितको स्वास्थ्यकर्मीको टोली जान लागेको श्रेष्ठले बताउनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन २५, सोमबार २१:३१रवि र बालेनलाई टेलिफोनबाट भारतीय प्रधानमन्त्री मोदीको बधाई
समाचार२०८२ फाल्गुन २५, सोमबार १८:१९नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी
समाचार२०८२ फाल्गुन २५, सोमबार १७:२६इलाम-१ बाट नेपाली काँग्रेसका निश्कल राई विजयी
समाचार२०८२ फाल्गुन २५, सोमबार १३:४४एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ






